लेटाङमा भोलि बिहानदेखि निषेधाज्ञा हट्ने | Khabarhub Khabarhub

लेटाङमा भोलि बिहानदेखि निषेधाज्ञा हट्ने


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- तीन दिन तनावग्रस्त रहेको मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। तनावग्रस्त क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहानसम्मको निषेधाज्ञा भने कायम नै रहेको बताइएको छ ।

स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यहार गरेको विषयलाई लिएर तनावग्रस्त बनेको सो क्षेत्रमा कर्तव्य पालनाको सिलसिलामा विराटनगर रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको दुःखद् निधन भएको थियो । घटनामा प्रर्दशनकारी र सुरक्षाकर्मीसमेत घाइते भएकाले उक्त प्रवृत्तिको घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवाबाहेक मानिस आवतजावत, भेला गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम यही चैत ६ गते निषेधाज्ञा आदेश भएको थियो ।

हालको अवस्था सामान्य रहेको छ, तथापि सो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ४५ बजे

रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कुली’ को

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

चितवन– भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ

भेडाको ऊन प्रयोग हुन छाडेपछि मौलिक सामग्री लोप हुँदै

म्याग्दी– दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला

हिमाली क्षेत्रको बहुपति प्रथालाई कानून लाग्दैन ?

प्रसङ्ग गएको शनिबारको हो। दिनभर घरमै बच्चासँग बित्यो। मौसम अनुकूल