पलका म्यानेजरको स्वीकारोक्ती : घटना मिलाउन नाबालिगलाई धम्क्याएको हुँ « Khabarhub

पलका म्यानेजरको स्वीकारोक्ती : घटना मिलाउन नाबालिगलाई धम्क्याएको हुँ

दोब्बर तलब पाएपछि घटना मिलाउन प्रयास


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पल शाह प्रकरणमा पक्राउ परेका कृष्ण जोशीले सरकारी वकिलसामु बयान दिएका छन् । बयानमा जोशीले आफूले बलात्कारको घटनामा मेलमिलाप गराउन प्रयास गरेको स्वीकार गरेका छन् ।

पल शाहले आफूलाई घटना मिलाउन सहयोग गर्ने सर्तमा तलब दोब्बर बनाइदिएपछि आफूले घटना मिलाउनको लागि पीडितलाई धम्क्याएको समेत स्वीकार गरेका छन् । पल शाहले आफूलाई घटना मिलाउन सहयोग गर्ने सर्तमा तलब दोब्बर बनाइदिएको समेत उनको भनाइ छ ।

जोशीले नाबालिग गायिका र पलबीच रहेको प्रेम सम्बन्धका बारेमा आफू जानकार रहेको बताएका छन् । सरकारी वकिलसमक्ष जोशीले दिएको बयान अनुसार उनी सुरुमा मासिक २५ हजार तलब लिएर पलको म्यानेजरका रूपमा काम गरिरहेका थिए । तर, बीचमा व्यक्तिगत मनमुटावका कारण पलले जिम्मेवारीबाट हटाएको उनले बताएका छन् ।

नाबालिगसँगको सम्बन्ध मिडियामा आएपछि पलले पुन आफूलाई सम्पर्क गरी सहयोग मागेको समेत बयानमा जोशीले बताएका छन् ।

जोशीको बयानको पूर्णपाठ :

मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक रु. २५,००० र (तलब लिई फिल्म, गीत, सङ्गीत र विज्ञापन तथा स्टेज कार्यक्रममा पूर्णविक्रम शाह सहभागी हुने तथा अझिनय गर्ने रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको त्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको मेनेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ । म पूर्णविक्रम शाहसँग अधिकांश समयसँगै हुने हुँदा पीडित नवालिका र प्रतिवादी पूर्णविक्रम शाहबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो ।

पूर्णविक्रम शाहसँग मेरो मनमुटाब भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए । २०७८ सालको असार अन्तिम हप्तातिर पीडित ०७८/७९ व्यास–१२ ले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेपछि वास्ता गर्न छाडेका छन् भनेकीले म लगायतले पीडित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा नावालिकाले आफूलाई पूर्णविक्रम शाहले माया–प्रेम गरेको विश्वासमा पारी पटक–पटक जवर्जस्ती करणी गरेका कारण म पिडामा छु भनेकी र प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेण्ड, व्वाईफ्रेण्ड बिचको अन्डरस्ट्यान्डिङमा भयो हैन, तैपनि हामीसँगै हुँदा केही भयो होला स्विकार्नै पर्छ, बिहे नै गर्नपर्छ भन्न चाहिन् मिल्दैन भन्ने शब्दहरू बोलेका थिए ।

प्रतिवादी पूर्णविक्रम शाह र पीडित नावालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरूमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्‍यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर रु. ५०,००० तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नावालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नववालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर, तिमीलाई मैले गीत–सङ्गीतमा सहयोग गर्छु भनेको थिएँ । तर निज दुर्गा अधिकारीले भनेअनुसार काम नगरेकीले निजलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ । निजले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो, देखी चिनेर सनाखत गरेँ ।
मैले पीडितलाई सम्झाउने क्रममा ‘मलाई मान्छे मार्न केही जस्तो लाग्दैन’ भन्ने शब्दहरू प्रयोग गरेको हुँ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : २३ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा