ताप्लेजुङको सिरीजङ्घामा नवनिर्मित संरचनाहरूको उद्घाटन « Khabarhub

ताप्लेजुङको सिरीजङ्घामा नवनिर्मित संरचनाहरूको उद्घाटन


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानी आम नागरिकसमक्ष पुर्‍याउन सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको बताएका छन् ।

आज ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित–३ मा रहेको हाप्पु खोला खानेपानी आयोजनाको स्किम नं. १, २ र ३ को उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको पनि बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको यो खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्बर वडाका दुई सय ३५ घरधुरीका एक हजार चार सय १० जना लाभान्वित भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले खानेपानी आयोजनाबाट हिमाली जिल्ला ताप्लेजुङका ग्रामिण बासिन्दा लाभान्वित भएको बताए ।
त्यसैगरी, खानेपानी मन्त्री चौधरीले बुधबार नै सिरीजङ्घा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टीका गुरुङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलगायत सहभागी थिए ।

२०७५ सालमा शिलान्यास भई गत पुस महिनामा निर्माण सम्पन्न भएका ९ वटा संरचनाको मन्त्री चौधरीले उद्घाटन गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
त्यसअवसरमा नवनिर्मित संरचनाहरू प्रमुख प्रशासकीय भवन, पावर हाउस, अतिथि गृहसहित ९ वटै संरचनाको मन्त्री चौधरीले अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : १२ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५