विश्व बजारमा आफ्नो पहिचान खोज्दै अफ्रिकी सिनेमा « Khabarhub

विश्व बजारमा आफ्नो पहिचान खोज्दै अफ्रिकी सिनेमा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई वर्षअगाडि सिनेमा ‘प्यारासइट’का निर्देशक बोंग हो जोले अमेरिकी दर्शकप्रति गुनासो गरेका थिए । उनले अमेरिकीहरू घेराबन्दीबाट बाहिर आउन नसकेको भन्दै गुनासो गरेका हुन् ।

‘तपाईँहरू आफ्नो दायराबाट एक इन्च बाहिर निस्किदिनुस्,’ गोल्डेनग्लोब अवार्ड लिएपछि उनले भनेका थिए, ‘त्यसपछि तपाईंहरूले थुप्रै राम्रा चलचित्रका बारे थाहा पाउनुहुनेछ ।’अहिले अमेरिकीहरू अन्तर्राष्ट्रिय कलातर्फ आकर्षित भएका छन् । गोल्डनेग्लोब जितिसकेपछि सिनेमा ‘प्यारासाइट’ हलिउडको सबैभन्दा महत्त्वपूर्ण अवार्ड मानिने ‘एकेडेमी अवार्ड’ तर्फ आकर्षित भएको थियो ।

‘लुपिन’ र ‘स्क्वाड गेम्स’ नेटफ्लिक्समा धेरै हेरिएका सिनेमा थिए । यी पनि उप-शीर्षक राखिएका तर विदेशी सिनेमा थिए । अमेरिकी बजारमै अत्यधिक चर्चा कमाएको सिनेमा ‘द वेस्ट पर्सन इन द वर्ल्ड’ र जापानी सिनेमा ‘ड्राइभ माई कार’ थियो ।

संसारका अन्य देशका सिनेमाको चर्चा हुँदै गर्दा एउटा महादेश चर्चाभन्दा धेरै टाढा रहने गरेको छ । फिल्मी संसारमा धेरै चर्चा नगरिने अफ्रिका विगतमा भन्दा पछिल्ला समय धेरै अगाडि बढिसकेको छ । गएको वर्ष यस महादेशमा धेरै चलचित्र निर्माण मात्र भएनन्, ओस्कार अवार्डका लागि १२ चलचित्रले आवेदन दिए । यो नै एउटा कीर्तिमान थियो ।

सन् १९९० बाट माथि उठ्न सुरु गरेको नाइजेरियाको सिनेमा उद्योग ‘नलिउड’लाई अहिले अफ्रिकाको सिनेमा उद्योगका रूपमा चिनिन्छ । अफ्रिकामा नलिउडको आफ्नै साख र फराकिलो बजार पनि छ ।

यो वर्ष १० सिनेमाले अवार्डका लागि मनोनयनमा परेका थिए । तर, कुनै पनि सिनेमाले अवार्ड हात पार्न सकेनन् ।

‘लिन्गुई द स्याक्रेट बोन्ड्स’को माध्यमबाट एकेडेमी अवार्डमा प्रवेश गरेको थियो । फ्रान्सको प्रतिष्ठित आनास सिनेमा फेस्टिबल लगायत अन्य थुप्रै महोत्सवमा प्रवेश पाएको यस चलचित्रले धेरै अवार्ड पनि जितेको छ ।

संसारकै ठुलो फिल्मी बजार भएको हलिउडमा भने एयुबीआयले डिस्ट्रब्युसनको अधिकार लिएपछि यो हेर्न सकिने भएको हो । यस चलचित्रका निर्देशक मोहम्मद सालेन हरुण भन्छन्, ‘जसरी चलचित्रले संसारलाई जोड्ने काम पनि गर्न सक्छ र एउटा केन्द्र बन्न सक्छ संसारलाई जोड्ने सङ्गीत निर्माणको पनि आवश्यकता छ ।’ उनी अफ्रिकी सिनेमा निर्माता संसारका लागि मेलोडीको रूपमा प्रस्तुत हुनुपर्ने बताउँछन् ।

हाल अफ्रिकन साहित्य र पप संस्कृतिको अध्ययन गरिरहेका युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक मोराडेउन अडेजुनमोबी अहिले पनि हलिउडमा धेरै वरिष्ठ भनिनेहरूमा त्यहाँका दर्शक अश्वेत र अफ्रिकनको कथामा आधारित चलचित्र हेरिँदैन भन्ने भ्रममा रहेको बताउँछिन्।

सन् २०१८ मै ‘ब्ल्याक प्यान्थर’को व्यापक सफलताले यो कुरा गलत साबित गरेको अडेजुनमोबी बताउँछिन् । उनकै विचारमा एकै महिनामा अर्बौँ डलर त्यस चलचित्रले आम्दानी गरेको थियो । संसारभर नै यो चलचित्र त्यत्तिकै सफल भएको थियो । ‘अश्वेत केन्द्रित चलचित्र हेरिँदैन भनेर सोच्नु भनेको हाम्रो सोच्ने शैली र बुझाइमा कमी हो’, उनले भनिन् ।

उनी यसै सोच अन्य महादेशबाट आउने चलचित्रका बारे पनि भएको बताउँछिन् । एकेडेमी अवार्डलाई हेरेर पनि अब त्यस सोचमा परिवर्तन आउनुपर्ने उनको मत छ ।

२०२१ मा १२ अफ्रिकी चलचित्रले ओस्कारको उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र क्याटोगोरीमा नाम दर्ता गराएका थिए । आइभोरी कोस्टको ‘नाइट अफ द किङ’ त सर्ट लिस्टमा नै परेको थियो । ट्युनेसीको ‘द म्यान हर सोल्ड इजस्कीन’ भने अफिसियल नोमिनेसनमा परेको थियो । बर्षेनी नोमिनेसनमा पर्ने पाँच अमेरिकी बाहेकका चलचित्रमध्ये यो पनि नोमिनेसनमा परेको हो । यो वर्ष १० सिनेमाले अवार्डका लागि मनोनयनमा परेका थिए । तर, कुनै पनि सिनेमाले अवार्ड हात पार्न सकेनन् ।

सबै अफ्रिकामा यस खालको लगानी लगाउनै सकिँदैन । कतिपय अफ्रिकी देशमा त राम्रा सिनेमा हल पनि छैनन् ।

एकेडेमी अवार्डको पुरै इतिहास हेर्ने हो भने तीन अफ्रिकी चलचित्रले मात्र उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाको अवार्ड पाएका छन् । यी तीन चलचित्र नै श्वेतहरूले निर्देशन गरेका थिए। ‘यो लाजमर्दो हो’ हरुणले भने, ‘सिङ्गो महादेशले यसलाई बिर्सिएको छ । यसको कारण मैले बुझ्न सकेको छैन ।’

सन् २०२१ मा सेनेगलबाट उपस्थिति जनाएको नेफीस फादरका निर्देशक माहामादु दियाले यसको सेट अप नै अफ्रिकाली चलचित्रका लागि प्रतिस्पर्धा गर्न कठिन हुने खालको भएको बताएका छन् ।

उनका अनुसार ओस्कार यात्राको पहिलो चरणसम्मका लागि नै त्यस चलचित्रले धेरै खर्च गरेको थियो जुन उनले अनुमान नै गरेका थिएनन् । ओस्कारमा मनोनयनमा लागि कमर्सियल रिलिज पनि आवश्यक हुन्छ । सबै अफ्रिकामा यस खालको लगानी लगाउनै सकिँदैन । कतिपय अफ्रिकी देशमा त राम्रा सिनेमा हल पनि छैनन् ।

डियाले एउटा भ्यान र प्रोजेक्टर लिएर सिनेमालाई देशभरी प्रदर्शन गर्दै हिँडेका थिए । सिनेमाको छायाङ्कन भएको उनको गाउँ मातमका बासिन्दाले त्यसअगाडि त्यत्ति ठूलो स्क्रिन देखेकै रहेनछन् । यी सबै पैसा ओस्कार यात्राका लागि खर्च गर्नु कठिन हो । जबकि, त्यसै रकमले अर्को चलचित्र निर्माण हुन सक्छ ।

तर, ओस्कारले नै त्यस चलचित्रको बजार संसारका अन्य देशमा पनि खुल्ने कुरामा भने शङ्का छैन । युरोपेली सह–निर्माण रहेको सेनेगलको यो सिनेमा डियाको सानो गाउँ मताममा धेरै सुटिङ भएको थियो । यसको अन्त्य फुलाहमा भएको हो । यो अहिले अन्यत्र पनि देखाउने आधार तयार भएको छ । स्थानीय भाषाका त्यहीको डोल्बी थ्रीएटरमा देखाउन सकिने छ ।

‘संसारका प्राय फेस्टिभलमा एक संस्मरणमा अफ्रिकाबाट एक चलचित्र चयन हुन्छ । अनि यो नै पर्याप्त ठहर गरिन्छ,’ डियाले भने ‘यो खराब हो, अफ्रिका २ हजारभन्दा बढी भाषा बोलिने ५४ राज्य भएको महादेश हो । यसलाई एउटा बाकसमा राखेर हेर्न त मिल्दै मिल्दैन ।’

टिभीमा अफ्रिकीहरूको चित्रण नै खराब ढङ्गले भएको छ । सन् २०१८ मा युनिभर्सिटी अफ साउथर्न क्यालीफार्नियाको अध्ययनले पत्ता लगाएपछि धेरै दर्शक अफ्रिकाको बारे नकारात्मक कुरा भएको मन पराउने रहेछन् । त्यस महादेशलाई विगतदेखि नै त्यसै गरी व्याख्या गरिएकाले यो सोचको विकास भएको जनाइन्छ ।

हारुण भने अफ्रिकाबाट आएको चलचित्रले फेस्टिभलमा भने प्रभाव पहिचान बोकेको बताउँछन् । आफ्नै भाइ एरीसँग मिलेर ‘एवाइमोफ’को निर्देशन गरेका चुको एसीरीले भने आफूले भेदभावको महसुस नगरेको बताए । उनको चलचित्रले सन फ्रानसिस्को, सिटल र फिलाडेल्फियाका साथै एनएएसीपी इमेज अवार्ड जितेको थियो ।

बढ्दो प्रविधि र अन्तर्राष्ट्रिय क्षेत्रमा विगतको भन्दा सहज पहुँचको कारण अहिले अफ्रिकामा अहिले धेरै हेर्नलायक चलचित्र बन्ने गरेका छन् ।

सन् १९८० र १९९० को समयसम्म एउटा सीमा रेखा तयार थियो । त्यसै सीमा रेखाले अफ्रिकी सिनेमा हलिउडको बजारमा हेर्न कठिन थियो । पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै गैर नाफामूलक सिनेमा डिस्ट्रब्युसन कम्पनी क्यालिफोर्निया न्युज रेलले धेरै सेनेगलको सिनेमा त्यहाँ लैजाने गरेको थियो । अहिले डीभीडी र युट्युबले सिनेमा वितरणलाई सहज बनाएको छ ।

स्ट्रीमीङपछि अहिले धेरै देशको सिनेमा त्यहाँ सहजै पुग्न थालेको छ । तर, एडेजुनमोबी धेरै दर्शक कहाँ पुग्नका लागि परिष्कृत किसिमले स्ट्रिमिङ हुनुपर्ने बताउँछिन् । अहिले यसको असर नेटफ्लिक्समा पनि देखिएको छ । नेटफ्लिक्सले दक्षिण अफ्रिकी टिनको क्राइममा आधारित ‘सो ब्लड एन्ड वाटर’को तेस्रो सिजन सुरु गरेको छ ।

यसैले गतवर्ष इथोपियाको निर्देशक गालिया गेरिमको महत्त्वपूर्ण चलचित्र सान्कोफाको रिलिज गरेको थियो । केन्याको ‘राफीकी’ पनि त्यहाँ प्रदर्शन भएको छ । विश्व चलचित्र क्षेत्रमा प्रभाव पार्ने पहिलो अफ्रिकी चलचित्र दक्षिण अफ्रिकामा निर्माण भएको ‘टिसोत्सी’ थियो । यो सिनेमाले सन् २००५ मा सम्पन्न एकेडेमी अवार्डमा उत्कृष्ट विदेशी सिनेमाको अवार्ड हात पारेको थियो ।

यस बीचमा आइपुग्दा अफ्रिकामा धेरै चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाएका छन् । प्रविधिमा त्यत्तिकै विकास भएको छ । त्यसपछि धेरै यादगार चलचित्र बनेको छ । सङ्ख्यामा पनि वृद्धि भएको छ । अफ्रिका महादेशमा अन्य धेरै दुखका बिच चलचित्रका कुरा सकारात्मक बनेका छन् । बढ्दो प्रविधि र अन्तर्राष्ट्रिय क्षेत्रमा विगतको भन्दा सहज पहुँचको कारण अहिले अफ्रिकामा अहिले धेरै हेर्नलायक चलचित्र बन्ने गरेका छन् । जसले त्यहाँको जीवन, संस्कृति र सामाजिक यथार्थलाई बुझ्न अझ सजिलो गराउने छ ।

यसभन्दा अगाडि टाउको बोउकीलाई उत्कृष्ट अफ्रिकी सिनेमाको रूपमा व्याख्या गरिएको थियो । सन् १९७३ मा रिलिज भएको सेनेगलको यो सिनेमाले अफ्रिकी चलचित्र दुनियाँको कोशेढुंगा मानिन्छ । परन्तु, सञ्चार माध्यममा कम पहुँच भएका कारण त्यसपछिका दशक अफ्रिकी सिनेमा उद्योगको अन्तर्राष्ट्रिय क्षेत्रमा कमै चर्चा भएको थियो ।

-श्रोत सीएनएन र बीबीसी

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : १४ बजे

चम्पावती हाइड्रोले आईपीओ निष्काशन गर्ने

काठमाडौं – चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण

आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै किसान

सिन्धुपाल्चोक – जिल्लाको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका

विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

काठमाडौँ – ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८

खोटाङको हलेसीमा सौर्यबत्ती जडान

खोटाङ – प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको