अमेरिकी सेनाको आक्रमणमा तीन जनाको मृत्यु « Khabarhub

अमेरिकी सेनाको आक्रमणमा तीन जनाको मृत्यु


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागूऔषध तस्करको ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।

गएको हप्तामा भएको यो तेस्रो घातक आक्रमण हो भने ट्रम्प प्रशासनले सेप्टेम्बरमा आक्रमण सुरु गरे देखि मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा १९८ पुगेको एएफपिले जनाएको छ । 

सामाजिक सञ्जाल एक्सको पोस्टमा, युएस साउदर्न कमान्डले  उक्त जहाज पूर्वी प्रशान्तमा  नार्को–तस्करी अपरेसनमा संलग्न रहेको जनाएको छ ।

 सामाजिक सञ्जालमा पोष्ट गरिएको आक्रमणको भिडियो फुटेजमा खुला समुद्रमा बसिरहेको जहाज ठुलो विस्फोटले डुबाएको देखाइएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा अपरेसन ‘साउदर्न स्पियर’ सुरु गरेको हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागूऔषध तस्करहरूसँग अमेरिका कडा  युद्धमा रहेको बताएका छन् ।

कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले स्पष्ट रूपमा अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित अमेरिकी आक्रमणहरू गैरन्यायिक हत्याको कारण हुने बताएका छन् । 

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  १२ : ४१ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका