एमालेबाट दिक्तेल नगरमा सर्वसम्मत उम्मेदवार सिफारिस  « Khabarhub

एमालेबाट दिक्तेल नगरमा सर्वसम्मत उम्मेदवार सिफारिस 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो ।

नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् । उनी २०७४ सालको निर्वाचनमा मेयरकै दाबेदार थिए। उपमेयरका उम्मेदवार राई दोस्रो कार्यकालका लागि उठ्न लागेकी हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उम्मेदवार चयन गर्न एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँचकर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललगायत छन्।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ५९ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको