प्रधानमन्त्री देउवाको वडामा चुनाव लड्न शिक्षकले दिए राजीनामा « Khabarhub

प्रधानमन्त्री देउवाको वडामा चुनाव लड्न शिक्षकले दिए राजीनामा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले वडा अध्यक्षमा चुनाव लड्न राजीनामा दिएका हुन्।

चन्द्रबहादुर २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए। उनकाे राजीनामा बिहीबारदेखि नै स्वीकृत भई लागू भएको शिक्षा विकास तथा समन्वय इकाई डडेलधुराका इकाई प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए।

यस्तै, जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐरले पनि वडाअध्यक्षमा चुनाव लड्न राजीनामा दिएका छन्। २०४१ मा स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ।

उनको राजीनामा आइतबारदेखि लागू हुने इकाई प्रमुख जोशीले बताए। ऐर नेकपा एकीकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बताइएको छ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ४५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ