जुम्ला – जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्यअवधि नसकिँदै गाडी फिर्ता गरेका छन् ।
आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन् ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।
‘धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनीतिक कार्यक्रममा प्रयोग हुने गरेको पाइन्छन् । अब कार्यालयलाई फिर्ता गर्दा उचित ठानेर बुझाइएको हो’, न्यौपानेले भने ।