सिन्धुपाल्चोक कांग्रेस-एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै  « Khabarhub

सिन्धुपाल्चोक कांग्रेस-एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेपाली कांग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेपछि सिन्धुपाल्चोकमा पाँच दलीय गठबन्धन अन्योलमा परेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ मध्ये ६ स्थानीय तह मागेपछि कांग्रेस एमालेतर्फ मोडिँदा गठबन्धननै कमजोर बन्न पुगेको हो । 

कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि गठबन्धन बैठक बस्न सकिरहेको छैन । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र नेकपा एसलाई जिल्लाका १२ स्थानीय तहमध्ये चार मात्रै दिन सकिने अडान राखेको छ । 

कांग्रेसले आठ सिट राखेर एमालेलाई चार सिट दिनेगरी योजना बनाइरहेको स्रोत दाबी छ । एमालेका नेताहरूले पनि चार सिटमात्रै लिएर तालमेल गर्न नसकिने भन्दै असन्तुष्ट जनाएका छन् । 

सिन्धुपाल्चोकमा माओवादी केन्द्र र एमालेले उम्मेदवारको उम्मेदवार सूची माथिल्लो कमिटीमा सिफारिस गरेका छन् । तर, गठबन्धनको टुंगो नलाग्दा कुनै पनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् ।

पटक पटकको वार्ता उपलब्धीविहीन हुनुको दोष कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत रहेको माओवादीका नेताहरूको आरोप छ । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : २४ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।