गोप्य विवाहको सामाजिक सञ्जालमा प्रचार | Khabarhub Khabarhub

गोप्य विवाहको सामाजिक सञ्जालमा प्रचार


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री रेखा थापाले गत वर्ष कानुनी विवाह गरिन् ।

हिन्दु परम्परा अनुसार विवाह गर्ने बताएकी रेखाले पहिला कानुनी विवाह गरेकी हुन् । प्रेमी बलराम शाही ठकुरीसँग रेखाले गोप्य बिहे गरिन् । उनले, बिहे गरेको खबर केही दिनपछि मात्र बाहिरियो । उनले वैशाख पारिवारिक जमघटमा विवाह गर्ने चर्चा चल्यो । यद्यपि वैशाख दुई अभिनेत्रीले विवाह गरे । 

वैशाख ८ मा केकी अधिकारी र वैशाख ९ मा वर्षा सिवाकोटीले विवाह गरिन् । केकीले प्रेमी रोहित तिवारीसँग बिहे गरेकी हुन् । यस्तै, वर्षाले पनि पारिवारिक सहमतिमा आशिष गेलालसँग विवाह गरेकी हुन् । दुवै अभिनेत्रीले विवाहलाई गोप्य बनाए । यी दुई अभिनेत्रीको फिल्मनगरीमा नजिक रहेका फिल्मकर्मीले निम्तो मात्र होइन् । विवाह बारे सुइँको समेत पाएनन् । 

यी दुईले आफ्नो व्यक्तिगत जीवनलाई  व्यावसायिक जीवनबाट टाढा बनाउन खोजे । र , यसलाई सबैले राम्रो पनि भने । नत्र विवाह हुँदै गर्दा केही अभिनेत्रीको समारोह युट्युबमा आउने गर्थ्यो । विवाहलाई गोप्य राखेका केकी र वर्षा पछिल्लो समय भने सामाजिक सञ्जाल देखाउन व्यस्त छन् ।

मेहन्दी देखि विवाहसम्मका तस्बिरहरू यी दुई अभिनेत्रीले नै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् । बिहेलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेकै कारण पनि हुन् सक्छ, विवाह पश्चात भएपनि आफ्नो तस्बिरलाई लगातार दुई अभिनेत्री फ्लोअर्स समक्ष पुर्‍याइरहेका छन् । तर, यसरी देखाउनु नै थियो भने पहिला लुकाउन किन मेहनत गरियो ? यो त उनै दुई अभिनेत्री केकी र वर्षाले जानुन्

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : १७ बजे

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी : राष्ट्रपति 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन

महिलाले चुरा किन लगाउँछन् ? 

चुरा हामी सबैले देखेका छौँ । विशेष गरी महिलाले चुरा

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर १७ गते) आइतबारका

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै