गोप्य विवाहको सामाजिक सञ्जालमा प्रचार « Khabarhub

गोप्य विवाहको सामाजिक सञ्जालमा प्रचार


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री रेखा थापाले गत वर्ष कानुनी विवाह गरिन् ।

हिन्दु परम्परा अनुसार विवाह गर्ने बताएकी रेखाले पहिला कानुनी विवाह गरेकी हुन् । प्रेमी बलराम शाही ठकुरीसँग रेखाले गोप्य बिहे गरिन् । उनले, बिहे गरेको खबर केही दिनपछि मात्र बाहिरियो । उनले वैशाख पारिवारिक जमघटमा विवाह गर्ने चर्चा चल्यो । यद्यपि वैशाख दुई अभिनेत्रीले विवाह गरे । 

वैशाख ८ मा केकी अधिकारी र वैशाख ९ मा वर्षा सिवाकोटीले विवाह गरिन् । केकीले प्रेमी रोहित तिवारीसँग बिहे गरेकी हुन् । यस्तै, वर्षाले पनि पारिवारिक सहमतिमा आशिष गेलालसँग विवाह गरेकी हुन् । दुवै अभिनेत्रीले विवाहलाई गोप्य बनाए । यी दुई अभिनेत्रीको फिल्मनगरीमा नजिक रहेका फिल्मकर्मीले निम्तो मात्र होइन् । विवाह बारे सुइँको समेत पाएनन् । 

यी दुईले आफ्नो व्यक्तिगत जीवनलाई  व्यावसायिक जीवनबाट टाढा बनाउन खोजे । र , यसलाई सबैले राम्रो पनि भने । नत्र विवाह हुँदै गर्दा केही अभिनेत्रीको समारोह युट्युबमा आउने गर्थ्यो । विवाहलाई गोप्य राखेका केकी र वर्षा पछिल्लो समय भने सामाजिक सञ्जाल देखाउन व्यस्त छन् ।

मेहन्दी देखि विवाहसम्मका तस्बिरहरू यी दुई अभिनेत्रीले नै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् । बिहेलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेकै कारण पनि हुन् सक्छ, विवाह पश्चात भएपनि आफ्नो तस्बिरलाई लगातार दुई अभिनेत्री फ्लोअर्स समक्ष पुर्‍याइरहेका छन् । तर, यसरी देखाउनु नै थियो भने पहिला लुकाउन किन मेहनत गरियो ? यो त उनै दुई अभिनेत्री केकी र वर्षाले जानुन्

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : १७ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल