कोरोनाविरुद्ध कम्बोडियामा ९३ प्रतिशतले पाए खोप « Khabarhub

कोरोनाविरुद्ध कम्बोडियामा ९३ प्रतिशतले पाए खोप


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । 

तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप नलगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शनिबार दिएको जानकारी अनुसार नागरिकलाई लगाइएको खोप मध्ये सबैभन्दा धेरै चिनियाँ खोप रहेको छ । 

दक्षिण पूर्वी एसियाली मुलुक कम्बोडियामा सन् २०२१ को फेब्रुअरी देखि कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो । 

झण्डै १४ महिनाको अवधिमा कम्बोडियामा आयात गरिएको खोप मध्ये सबैभन्दा धेरै चीनबाट आयात गरिएको छ । 

“मुलुकको एक करोड ४८ लाख ८० हजार मानिसलाई कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाइएको छ,” मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

कम्बोडियामा अहिले झण्डै एक करोड ६० लाख जनसङ्ख्या रहेको छ । खोप लगाएका मध्ये ८८ दशमलब ३ प्रतिशतले भने दुबै खोप लगाएका छन्, त्यो जनसङ्ख्या एक करोड ४१ लाखभन्दा बढी हुन्छ ।

त्यसैगरी ८२ लाख मानिस अर्थात ५१ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् भने १३ लाख अर्थात आठ प्रतिशतले चौथो डोज लगाएका छन् ।  यति धेरै मानिसले खोप लगाउँदा समेत कम्बोडियामा अहिले पनि दैनिक सङ्क्रमितहरू भेटिने गरेको जनाइएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २८ जनामा नयाँ सङ्क्रमण देखिएको छ । मृतकको सङ्ख्या भने शून्य रहेको छ । 

कम्बोडियामा अहिलेसम्म कुल एक लाख ३६ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ५६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ३ : ५० बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन