रुसी फौजले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बेलायतको टिप्पणी « Khabarhub

रुसी फौजले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बेलायतको टिप्पणी


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिलो २४ घण्टामा रुसी फौजले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले सामाजिक सञ्जाल टि्वटरमार्फत रुसी सैनिकहरुले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बताएको हो ।

‘बढ्दो गतिविधिका बावजुद पछिल्लो २४ घण्टामा तीव्र युक्रेनी प्रत्याक्रमणका कारण रुसी फौजले कुनै ठूलो उपलब्धि हासिल गर्न सकेका छैनन् ।’ बेलायतको सैनिक जासुसी निकायको ब्रिफिङलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उक्त ब्रिफिङमा ‘युक्रेनी हवाई एवम् समुद्री रक्षाको प्रभावकारिताका कारण’ रुसी नौसेना र वायुसेनाले सम्बन्धित क्षेत्रमा नियन्त्रण जमाउन नसकेको ।’ उल्लेख छ ।

‘मारिउपोल शहर कब्जा गर्ने उनीहरुको भनाइका बावजुद युक्रेनी प्रयासलाई हतास पार्ने भीषण लडाइँहरू भइरहेका छन् ।’

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : ११ बजे

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला