मोस्कवा डुबेपछि रुसद्वारा पहिलोपटक हताहतिको विवरण सार्वजनिक | Khabarhub Khabarhub

मोस्कवा डुबेपछि रुसद्वारा पहिलोपटक हताहतिको विवरण सार्वजनिक


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले पहिलो पटक युद्धपोत मोस्कवा डुब्दा भएको हताहतिको विवरण सार्वजनिक गरेको छ । रुसको रक्षा मन्त्रालयले जनाएअनुसार मोस्कवा डुब्दा १ जनाको मृत्यु भएको छ भने अरु २७ जना हराइरहेका छन् ।

रक्षा मन्त्रालयले ३९६ जनाको उद्धार गरिएको समेत बताएको छ । यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ ।

यसअघि रुसले कृष्ण सागरमा मोस्कवा युद्धपोत डुब्दा भएको हताहतिको विवरण सार्वजनिक गरेको थिएन ।

रुसले उक्त युद्धपोत आगलागीका कारण डुबेको बताउँदै आएको छ भने युक्रेनी पक्षले उक्त युद्धपोतमा नेप्चुन क्षेप्यास्त्रबाट आक्रमण गरिएको दाबी गर्दै आएका छन् ।

गत फेब्रुअरी २४ यता युक्रेनविरुद्ध जारी रुसी आक्रमणका क्रममा मोस्कवा डुबेको घटनालाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’