सर्लाहीको मलङ्गवामा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न « Khabarhub

सर्लाहीको मलङ्गवामा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा सर्लाहीको मलङ्गवामा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले जनतालाई झुक्याएर षड्यन्त्र पूर्वक लेखिएको धर्म निरपेक्षतालाई संविधान संशोधन गरेर हिन्दु राष्ट्र लेखिनुपर्ने माग गरेका छन्।

त्यस्तै जनगणना मार्फत हिन्दुलाई ११ ठाउँमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दु राष्ट्रको मुद्दालाई समाप्त पार्नका लागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउदै पूर्व प्रधानन्यायाधीशले विश्वको उत्कृष्ट धर्म र राष्ट्रको संरक्षण गर्न आह्वान समेत गरेका थिए।

अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दु राष्ट्रको माग राजनीतिक नभई सांस्कृतिक रहेको बताए। नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउनको लागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उनले धर्म निरपेक्षताको विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताएर जसरी हिन्दु राष्ट्र हटाइयो त्यसैगरी पुनर्स्थापित हुनुपर्ने माग गरे ।

कार्यक्रम संयोजक तथा पूर्व मन्त्री रामचन्द्र रायले हिन्दु राष्ट्रको पहिचान बेच्नेहरूलाई गद्दारको संज्ञा दिँदै अहिले देश तिनकै हातमा रहेको भनेर आक्रोश व्यक्त गरेका थिए। धर्मान्तरण नै राष्ट्रान्तरण हुने तर्फ सचेत हुन आग्रह गर्दै उनले सो कार्यक्रमबाट देश र धर्म रक्षाको लागि जागृत हुनुको विकल्प नरहेको जिकिर गरेका थिए।

राष्ट्रिय मधेसी आयोगकी सदस्य आभा सेतु सिंहले मन्तव्य दिने क्रममा संविधानबाट धर्म निरपेक्षता हटाउन सफल हुने शुभकामना व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : ५८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ