जापानमा महिनौँसम्म धारो खुला छाडेपछि २७ लाख डलर जरिवाना | Khabarhub Khabarhub

जापानमा महिनौँसम्म धारो खुला छाडेपछि २७ लाख डलर जरिवाना


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई रु २७ लाख अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ । 

व्यक्तिगत गोपनीयता कायम गर्नका लागि पहिचान नखुलाइएका ती शिक्षकले पोखरीमा ताजा पानीको निरन्तर प्रवाह भएमा त्यसलाई कोभिडमुक्त तुल्याउने ठानेर गत जुनको अन्त्यदेखि सेप्टेम्बरको प्रारम्भसम्म धारो बन्द नगर्दा विद्यालयले भारी रकम चुकाउनुपर्ने भएको हो ।

सामान्यतया क्लोरिन र ‘फिल्टरिङ मेसिन’ ले पोखरीको पानीको गुणस्तर कायम राख्छ तर ती शिक्षकमा पोखरीमा ताजा पानी प्रवाह भएमा कोभिडबाट बच्न मद्दत पुग्ने गलत धारणा आएको स्थानीय शिक्षा बोर्डका अधिकारी अकिरा कोजिरीले बताए । 

विद्यालयका अन्य कर्मचारीले कहिलेकाँही खुला रहेको धारो देखेर त्यसलाई बन्द गरे पनि ती शिक्षकले तत्काल धारो खोल्ने गरेका थिए ।

उनको यो गलत धारणाले ११ पटक पोखरी भर्न पुग्ने पानीको क्षतिमात्र भएन २७ हजार अमेरिकी डलर महशुल तिर्नुपर्ने भयो ।

अब ती शिक्षक र उनको कामको सुपरीवेक्षण गर्ने दुई कर्मचारीबाट बिलको आधा रकम तिराउनुपर्ने माग योकोसुकाका अधिकारीहरूले गरेका छन् । 

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ५ : ३९ बजे

‘पत्रकार र सञ्चार संस्थाहरुमाथिको आक्रमण अस्वीकार्य’  

काठमाडौं– नेपालमा हालै उत्पन्न अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई

सुमनाले भनिन्‌, ‘म मन्त्री हुन लागेको होइन’

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी

प्रधानमन्त्रीलाई उपप्रमुख डंगोलको सुझाव : जेन–जीलगायतको भावना अनुरूप काम गर्नुहोला

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई

देउवामाथिको हातपात जघन्य अपराध, भौतिक संरचना जलाएर कांग्रेसको विचार मर्दैन : डा. शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा उत्पन्न पछिल्लो

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन