२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा | Khabarhub Khabarhub

२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणका कारण २९ लाख युक्रेनी देश छाडेर छिमेकी मुलुक पोल्याण्ड पुगेका छन् ।

पोल्याण्डको सीमा रक्षा बललाई उद्धृत गर्दै पोल्स्कीरेडियोले २४ फेब्रुअरी यता जारी रुसी हमलाका कारण हालसम्म २९ लाख युक्रेनी पोल्याण्ड पुगेको जनाएको हो ।

यद्यपि पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको बताइएको छ । 

शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्डमा शरण लिएका छन् ।

युद्ध भएपछि पोल्याण्डबाट ८ लाख २५ हजार युक्रेनी युक्रेन पसेका छन् । 

शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्याण्ड भागेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ५ : ५८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास