चालु आवको नौ महिनामा २८ अर्ब बढीको सुन आयात « Khabarhub

चालु आवको नौ महिनामा २८ अर्ब बढीको सुन आयात


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट रु २८ अर्ब ५४ करोड ९० लाख चार हजार बाहिरिएको हो ।

तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले रु तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ । युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि रु २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार बाहिरिएको छ भने सरकारले रु दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । युएईपछि टर्कीबाट रु पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ ।

केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ । विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ । अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ ।

गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : १५ बजे

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक