सुरक्षा जाँच चौकीलाई लक्षित गरी पाकिस्तानमा बम आक्रमण « Khabarhub

सुरक्षा जाँच चौकीलाई लक्षित गरी पाकिस्तानमा बम आक्रमण


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बारा क्षेत्रमा बम आक्रमण भएको छ । प्रहरी जाँच चौकीलाई लक्षित गर्दै अज्ञात व्यक्तिहरूले बम प्रहार गरेको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

रमजानको व्रत जारी रहेकाले व्रत तोड्ने समयमा आक्रमण भएको बताइएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले प्रहरी जाँच चौकीलाई लक्षित गरी बम फ्याँकेर भागेको डनले जनाएको छ ।

आक्रमणबाट कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै समूहले पनि लिइसकेको छैन ।

यद्यपि पाकिस्तानमा विभिन्न उग्रवादी समूहहरूले यस्ता आक्रमण गर्दै आएका छन् । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ  ।
 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ३७ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका