नेकपा एकीकृत समाजवादीबाट महानगर र उपमहानगरका उम्मेदवार तय | Khabarhub Khabarhub

नेकपा एकीकृत समाजवादीबाट महानगर र उपमहानगरका उम्मेदवार तय


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरूको टुंगो लगाएको छ ।

सत्ता गठबन्धनमा भएको भागबण्डामा नेकपा समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौँ महानगरपालिकाको उपमेयर, हेटौंडा उपमहानगरको मेयर, इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पाएको थियो । साेही स्थानहरूका लागि समाजवादीले पार्टीबाट उम्मेदवार तय गरेकाे हाे ।

नेकपा समाजवादीले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौँको उपमेयरमा रामेश्वर श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना र इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ४४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार