स्थानीय चुनाव : कैलाली र कञ्चनपुरमा नेपाल-भारत सीमा बन्द हुने « Khabarhub

स्थानीय चुनाव : कैलाली र कञ्चनपुरमा नेपाल-भारत सीमा बन्द हुने


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली र कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ ।

नेपाल भारत सीमा सुरक्षा बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

शनिबार कैलालीमा बसेको दुई पक्षीय सीमा सुरक्षा बैठकले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमा नाका बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । सीमा नाका बन्द हुँदा अत्यावश्यक सेवा भने सुचारु नै रहने उनले बताए ।

बैठकमा कैलाली कञ्चनपुर र भारतको लखिमपुर खिरीका सुरक्षा अधिकारीको सहभागिता थियो ।  बैठकले सीमा नाकामा हुने अन्य शान्ति सुरक्षाका विषयमा पनि छलफल गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

‘यस पटकको बैठक निर्वाचन सुरक्षामा केन्द्रित रहेको थियो,’ प्रजिअ थापाले भने, ‘अन्य विषयमा पनि सामान्य छलफल भयो ।’ नेपाल भारतको सिमानाका बारेमा देखिएका विवादबारे पनि सामान्य छलफल भएको प्रजिअ थापाले बताए ।

बैठकमा सहभागी भारतको लखिमपुर खिरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार सिंहले नेपालमा हुने स्थानीय तहको निर्वाचनका लागि सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ३२ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम