एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित) « Khabarhub

एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो ।

एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । स्थापित काठमाडौँका पूर्वमेयर हुन् भने डंगोल पूर्वमिस नेवा हुन् ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाइएको छ ।

बैठकले भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भरतपुर र वीरगञ्जकाे उमपेयरका उम्मेदवार ताेक्न बाँकी छ ।

त्यस्तै विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार तय हुन बाँकी छ ।

एमालेले जनकपुरधाम र सिमरा बाहेक ९ वटा उपमहानरका उम्मेदवारहरू तय गरेको हो।

उपमहानगरपालिकामा को–को बने उम्मेदवार ?

धरान

मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया

मेयर- बिनोद साह

धनगढी 

मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ५६ बजे

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल