ब्रेकिङ स्टोरी

एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)

By खबरहब

April 23, 2022

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो ।

एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । स्थापित काठमाडौँका पूर्वमेयर हुन् भने डंगोल पूर्वमिस नेवा हुन् ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाइएको छ ।

बैठकले भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भरतपुर र वीरगञ्जकाे उमपेयरका उम्मेदवार ताेक्न बाँकी छ ।

त्यस्तै विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार तय हुन बाँकी छ ।

एमालेले जनकपुरधाम र सिमरा बाहेक ९ वटा उपमहानरका उम्मेदवारहरू तय गरेको हो।

उपमहानगरपालिकामा को–को बने उम्मेदवार ?

धरान

मेयर– मन्जु भण्डारी उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा उपमेयर– संगीता चौधरी

कलैया

मेयर- बिनोद साह

धनगढी 

मेयर – रणवहादुर चन्द उपमेयर- चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र, उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका, उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल उपमेयर–सुमित्रा काफ्ले