तुलसीपुरमा गिरी र घोराहीमा शर्मा गठबन्धनका उम्मेदवार | Khabarhub Khabarhub

तुलसीपुरमा गिरी र घोराहीमा शर्मा गठबन्धनका उम्मेदवार


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङका दुई उपमहानगरपालिकाको नगर प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार तय भएका छन् । दुई उपमहानगर पालिकामा कांग्रेस र माओवादीले एक/एक वटामा नेतृत्व पाएका छन् ।

माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको प्रमुखका लागि हेमराज शर्मा डायमण्डलाई प्रमुखको उम्मेदवारको रूपमा अघि सारिएको छ ।

नेपाली कांग्रेसले पाएको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुखको उम्मेदवार तय गरेको हो । तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सांसद गेहेन्द्र गिरी बनेका छन् ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिले गिरीलमई गठबन्धनको तर्फबाट तुलसीपुरको नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राजमोको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरी साझा उम्मेदवार बन्नेका छन् । तुलसीपुरको उपाध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट जोगबहादुर राना गठबन्धनको उम्मेदवार घोषण भइसकेका छन् ।

कांग्रेस नेता गिरी दाङ जिल्लाको दुई कार्यकाल सभापति भइसकेकेका नेता हुन् । उनी पूर्व सांसद र गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट तुलसीपुर उपमहानगर पालिकाको नगर प्रमुखको प्रत्याशी हुन् । त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डे विजयी भएका थिए । पाण्डेले २२८५७ मत प्राप्त गरेका थिए, भने गिरीले १८९०३ मत प्राप्त गरेका थिए ।

२००८ सालमा जन्मिएका गिरी आधारभूत शिक्षा दाङमै लिएर भारतको बनारसबाट उच्च शिक्षा हासिल गरेका छन् । बनारसबाटै राजनीतिसँग नजिकिएका थिए । उनी २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं.४ बाट निर्वाचित सांसद हुन् ।

तरुण सहयोग समितिको सदस्य बाट राजनीति पद धारण गरेका गिरीले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता प्राप्त गरेका थिए । उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए ।

२०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्धको आन्दोलन चर्किन थालेपछि रिहा गरिएका थिए । २०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका गिरी दाङ कांग्रेसमा प्रभाव जमाउने नेतामा पर्दछन् ।

गठबन्धनबाट घोराहीको मेयरमा हेमराज शर्मा‘डायमण्डलाई अघि सारिएको छ । माओवादी केन्द्रको भागमा मेयर परेको थियो । पार्टीले एकल सिफारिस गरेपछि उनी नै उम्मेदवार बन्ने निश्चित भएको छ । त्यही अनुसार डायमन्डले आफ्नो प्रचारलाई तीव्र बनाइसकेका छन् ।

उपमेयर कांग्रेसको भागमा परेको छ । कांग्रेसले भूपबहादुर डाँगीलाई उपमेयर बनाउने तयारी गरेको भए पनि यो समाचार तयार पार्दासम्म आधिकारिक निर्णय सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ५४ बजे

विहार चुनाव : नेपाल-भारत सीमानाकामा आवागमन बन्द

काठमाडौं– भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट

निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

एकै ठाउँमा विप्लव, घनश्याम र जनार्दन, भने : पुरानै संरचनाले अब चल्दैन, नयाँ विकल्पमा जाऊँ

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का