तुलसीपुरमा गिरी र घोराहीमा शर्मा गठबन्धनका उम्मेदवार « Khabarhub

तुलसीपुरमा गिरी र घोराहीमा शर्मा गठबन्धनका उम्मेदवार


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङका दुई उपमहानगरपालिकाको नगर प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार तय भएका छन् । दुई उपमहानगर पालिकामा कांग्रेस र माओवादीले एक/एक वटामा नेतृत्व पाएका छन् ।

माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको प्रमुखका लागि हेमराज शर्मा डायमण्डलाई प्रमुखको उम्मेदवारको रूपमा अघि सारिएको छ ।

नेपाली कांग्रेसले पाएको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुखको उम्मेदवार तय गरेको हो । तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सांसद गेहेन्द्र गिरी बनेका छन् ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिले गिरीलमई गठबन्धनको तर्फबाट तुलसीपुरको नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राजमोको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरी साझा उम्मेदवार बन्नेका छन् । तुलसीपुरको उपाध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट जोगबहादुर राना गठबन्धनको उम्मेदवार घोषण भइसकेका छन् ।

कांग्रेस नेता गिरी दाङ जिल्लाको दुई कार्यकाल सभापति भइसकेकेका नेता हुन् । उनी पूर्व सांसद र गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट तुलसीपुर उपमहानगर पालिकाको नगर प्रमुखको प्रत्याशी हुन् । त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डे विजयी भएका थिए । पाण्डेले २२८५७ मत प्राप्त गरेका थिए, भने गिरीले १८९०३ मत प्राप्त गरेका थिए ।

२००८ सालमा जन्मिएका गिरी आधारभूत शिक्षा दाङमै लिएर भारतको बनारसबाट उच्च शिक्षा हासिल गरेका छन् । बनारसबाटै राजनीतिसँग नजिकिएका थिए । उनी २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं.४ बाट निर्वाचित सांसद हुन् ।

तरुण सहयोग समितिको सदस्य बाट राजनीति पद धारण गरेका गिरीले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता प्राप्त गरेका थिए । उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए ।

२०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्धको आन्दोलन चर्किन थालेपछि रिहा गरिएका थिए । २०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका गिरी दाङ कांग्रेसमा प्रभाव जमाउने नेतामा पर्दछन् ।

गठबन्धनबाट घोराहीको मेयरमा हेमराज शर्मा‘डायमण्डलाई अघि सारिएको छ । माओवादी केन्द्रको भागमा मेयर परेको थियो । पार्टीले एकल सिफारिस गरेपछि उनी नै उम्मेदवार बन्ने निश्चित भएको छ । त्यही अनुसार डायमन्डले आफ्नो प्रचारलाई तीव्र बनाइसकेका छन् ।

उपमेयर कांग्रेसको भागमा परेको छ । कांग्रेसले भूपबहादुर डाँगीलाई उपमेयर बनाउने तयारी गरेको भए पनि यो समाचार तयार पार्दासम्म आधिकारिक निर्णय सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ५४ बजे

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको