काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित सिंहभन्दा हजार मतले पछाडि « Khabarhub

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित सिंहभन्दा हजार मतले पछाडि


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार साहले४२ हजार ९०२ मत प्राप्त गरेका छन्। शनिबारसम्म दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित शनिबार साँझदेखि तेस्रो स्थानमा झरेका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छिन्। उनले २४ हजार ८६७ मत प्राप्त गरेकी छिन्। तेस्रो स्थानमा रहेका स्थापितले भने २३ हजार ८५ मत प्राप्त गरेका छन्।

यता उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले अग्रतालाई निरन्तरता दिइरहेकी छिन्।

पछिल्लो मतपरिणामअनुसार उनले ४२ हजार ४२८ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठले १४ हजार २५५ मत प्राप्त गरेका छन्।

उपमेयर पदमा तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले भने ७ हजार २३ मत प्राप्त गरेकी छिन्।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ५ : ५१ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले