वीरगञ्ज मेयरमा सिंहको मतान्तर १९ हजार बढी « Khabarhub

वीरगञ्ज मेयरमा सिंहको मतान्तर १९ हजार बढी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको पछिल्ली विवरणअनुसार ७७ हजार ५७७ मत गनिसक्दा कांग्रेसका सिंहले सो मत प्राप्त गरेका हुन् ।

उनका प्रतिद्धन्द्धी निवर्तमान मेयर एवं नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका विजयकुमार सरावगी १९ हजार ६७९ मतसहित दोस्रो स्थानमा छन्। राप्रपाका गिरीश गिरीले २ हजार ८५७ मत पाएका छन् ।

उपमेयर पदमा पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका इम्तियाज आलमले २४ हजार ९१५ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपमेयर पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले ६५६८ मत प्राप्त गरेका छन् ।

राप्रपाका विना जयसवालले ४८३५ र रम्भा मिस्राले ३४५८ मत पाएका छन् । हालसम्म २३ वडाको मतगणना सकिएको छ ।

मधेस प्रदेशको एक मात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई र नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ३६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल