वीरगञ्ज मेयरमा सिंहको मतान्तर १९ हजार बढी | Khabarhub Khabarhub

वीरगञ्ज मेयरमा सिंहको मतान्तर १९ हजार बढी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको पछिल्ली विवरणअनुसार ७७ हजार ५७७ मत गनिसक्दा कांग्रेसका सिंहले सो मत प्राप्त गरेका हुन् ।

उनका प्रतिद्धन्द्धी निवर्तमान मेयर एवं नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका विजयकुमार सरावगी १९ हजार ६७९ मतसहित दोस्रो स्थानमा छन्। राप्रपाका गिरीश गिरीले २ हजार ८५७ मत पाएका छन् ।

उपमेयर पदमा पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका इम्तियाज आलमले २४ हजार ९१५ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपमेयर पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले ६५६८ मत प्राप्त गरेका छन् ।

राप्रपाका विना जयसवालले ४८३५ र रम्भा मिस्राले ३४५८ मत पाएका छन् । हालसम्म २३ वडाको मतगणना सकिएको छ ।

मधेस प्रदेशको एक मात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई र नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ३६ बजे

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्