विद्रोह गरेरै पढ्ने तयारीमा अफगान छात्रा | Khabarhub Khabarhub

विद्रोह गरेरै पढ्ने तयारीमा अफगान छात्रा



अफगानिस्तानको मूल सहर भन्दा पर एउटा छात्रा विद्यालय सञ्चालन गरिएको छ। यसलाई तालीवान सत्ताको विरुद्धमा सुषुप्त विद्रोह ठानिएको छ। त्यसै विद्यालयमा एक दर्जन छात्राहरू अध्ययन गर्न उपस्थित छन्। ‘हामीलाई राज्यले दिएको चेतावनी र जोखिम थाहा छ। तर पनि छात्रालाई शिक्षा दिनु जरुरी छ,’ त्यहाँ कार्यरत एक मात्र शिक्षिकाले भनेकी छन्। त्यस देशका छात्राका लागि राज्यले माध्यमिक विद्यालय बन्द गरी सकेको छ। त्यस लुकेर सञ्चालन गरिएको कक्षा कोठामा सञ्चारकर्मी पुग्दा उनीहले आफूलाई परिष्कृत देखाउन धेरै तयारी गरेका थिए।

गएको मार्च महिनामा नै छात्राका लागि विद्यालय खोलिने घोषणा भएको थियो। सबै छात्रा यसको तयारी गरिरहेकै समयमा तालीवानले नीतिमा परिवर्तन गर्दै थप बन्देज लगाएको थियो। लगातार दुई महिनादेखि सरकारले विद्यालय खोल्न अनुमति दिने आशामा पर्खिएको पनि ती शिक्षिकाले बताइन्। उनमा अहिले भने सरकारी नीतिको अवज्ञा गर्नुपर्ने भाव देखिएको छ। अर्की १५ वर्षीय छात्रा भन्छिन्, ‘हामी सबै बहादुर हुनुपर्छ। हामी दरिलो भयौ भने कसैले केही गर्न सक्दैन।’

मार्च महिनामा नै छात्राका लागि विद्यालय खोलिने घोषणा भएको थियो। सबै छात्रा यसको तयारी गरिरहेकै समयमा तालीवानले नीतिमा परिवर्तन गर्दै थप बन्देज लगाएको थियो।

प्राथमिक तहमा छात्राका लागि विद्यालय खोलिएको छ। उनीहरू उत्साहका साथ पढ्न थालेका छन्। माध्यमिक तहमा भने अझै निर्णय भएको छैन। धेरै जना अझ अन्योल मै छन्। तालीवानले भने पहिले विद्यालयलाई पूर्ण इस्लामिक वातावरण बनाउनु पर्नेमा जोड दिँदै आएका छन्। तालीवान अधिकारी बारम्बार छात्राका लागि विद्यालय खोलिने बताउँछन्। तर, उनी महिला शिक्षा त्यत्तिकै गम्भीर र संवेदनशील भएकोमा पनि सहमत छन्। सन् १९९० मा सुरक्षाको कारण देखाउँदै महिलालाई विद्यालय जान बन्देज गरिएको थियो। अहिले तालीवान भित्रै यो नीतिमा विद्रोह गर्ने धेरै जना तयार भएको जनाइएको छ।

धेरै तालीवान विद्यालय नखोल्ने निर्णय आफूलाई चित्त नदुखेको बताएका छन्। धेरै जना सरकारका वरिष्ठ अधिकारी नै यो निर्णयका कारण वाक्क भएका छन्। कतिपयले आफ्ना छोरीलाई कतार या पाकिस्तानमा पढ्न पठाएका छन्।अहिले तालीवानसँंग सम्बन्धित धेरैले छोरीलाई पढाउन फताह जारी गर्न थालेका छन्। पाकिस्तानको पेशेवरको सिमानामा रहेका धर्मगुरु सेख रमिमुल्लाह हकानीले दुई पटक काबुल भ्रमण गरेका छन्। उनलाई तालीवान नेताले आदर गर्छन्।

अहिले तालीवानसँंग सम्बन्धित धेरैले छोरीलाई पढाउन फताह जारी गर्न थालेका छन्। पाकिस्तानको पेशेवरको सिमानामा रहेका धर्मगुरु सेख रमिमुल्लाह हकानीले दुई पटक काबुल भ्रमण गरेका छन्। उनलाई तालीवान नेताले आदर गर्छन्।

उनले मोहम्मदको जीवनी पढेर फताहको कुरा पनि गरेका थिए। उनले तालीवान नीतिको प्रस्ट आलोचना त गरेनन्। तथापि कतै उनीहरू आलोचित त हुनु पर्ने होइन भन्ने कुरामा सचेत गराएका छन्। उनले पनि इस्लाम ग्रन्थ अनुसार महिलालाई बन्देज गर्न उपयुक्त नहुनेमा जोड दिएका छन्।

उनले कुनै पनि धर्म ग्रन्थले महिलालाई शिक्षा दिने कुरा प्राथमिकतामा राख्ने गरेको बताएका छन्। उनले अझ मुस्लिम महिला शिक्षित हुनुपर्ने आवश्यकता औल्याउदै उदाहरण पनि दिएका छन्। ‘यदि हाम्रो समुदायमा कोही महिला बिरामी भयो भने उसको परीक्षण गर्ने महिला नै भएको खण्डमा धेरै सहज हुन्छ’ महिला शिक्षाको आवश्यकता महसुस गर्दै उनले भने।

हेरात र पाकटीया प्रान्तमा यसै खाले फताह जारी भएका छन्। यसले पनि अफगानिस्तानमा महिला शिक्षाका बारे उठाइएका आवाज प्रस्ट भएका छन्। अहिले रुढीवादी सोच भएकामा समेत महिला शिक्षा आवश्यक भएको भन्दै जागरण फैलिएको छ।

 गत अगस्टमा सत्ता लिएका तालीवानले एक पछि अर्को कडा कदम चालेका छन्। महिलालाई एक्लै घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ भने पुरै अनुहार ढाक्ने गरी कपडा लगाउन अनिवार्य गरिएको छ।

अहिले यसका बारे अध्ययन गर्न नै तालीवाले कमिटी बनाएको छ। यसअघि देशका वरिष्ठ मन्त्री नै मार्चमा विद्यालय खोल्न दिनेमा प्रस्ट थिए। तर, कान्दहारमा रहेका मुल्लाह अबीतुल्लाह समर्थितले भने विद्यालय खोल्ने कुरामा आफ्नो असहमति राखेका थिए। गत अगस्टमा सत्ता लिएका तालीवानले एक पछि अर्को कडा कदम चालेका छन्। महिलालाई एक्लै घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ भने पुरै अनुहार ढाक्ने गरी कपडा लगाउन अनिवार्य गरिएको छ।

अन्य धेरै क्षेत्रमा उनीहरुको असहिष्णुतामा असहमति देखिन थालेको छ। छात्राहरूका लागि विद्यालय बन्द गर्ने तथा लुगाका बारे लागू गरिएका कडा नियमका बारे एक जना तालीवान सदस्यले ट्विटरमा आलोचना गरेका थिए। धेरै फलोअर भएका उनको आलोचनाले तालीवान विरुद्धको आवाज देशभर नै पुगेको छ। उनलाई त्यहाँको सरकारी निकायले पछि सोधपुछका लागि बोलाएको थियो। त्यसपछि नै त्यो ट्विटलाई हटाउन लगाइएको थियो। साथै, दाह्रीका बारे उनको कमेन्टलाई हटाउन लगाइएको थियो।

तालीवानकै धेरै सदस्यले छात्रालाई विद्यालय खोल्न दबाब दिइरहेको समयमा त्यहाँको ग्रामीण भेगमा आतङ्क मच्चाइरहेको इस्लामिक स्टेटले भने छात्राका लागि विद्यालय नखोल्न चेतावनी दिएको छ।

तालीवानकै धेरै सदस्यले छात्रालाई विद्यालय खोल्न दबाब दिइरहेको समयमा त्यहाँको ग्रामीण भेगमा आतङ्क मच्चाइरहेको इस्लामिक स्टेट (आइएस)ले भने छात्राका लागि विद्यालय नखोल्न चेतावनी दिएको छ। अहिले सहयोगका लागि तयार गरिएको अरबौँ डलर त्यत्तिकै थन्किएको पश्चिमा दाता समूहले जनाएका छन्। उनीहरूले महिलाको हकमा लागू गरिएको त्यो कडा नियम र छात्राका लागि बन्द गरिएको विद्यालय नखोलेसम्म सहयोग नगर्ने बताइसकेका छन्। महिला अधिकारकर्मी भने छात्राको भविष्य पछाडि नपरोस् भन्नका खातिर प्रयास गरी रहेको बताउँछन्।

अहिले खोलिएको गोप्य विद्यालयमा प्रत्येक दिन दुई या तीन घण्टा पढाइ हुने गरेको छ। त्यो समयमा गणित, जीव विज्ञान,रसायन शास्त्र र भौतिक शास्त्रको पढाइ हुन्छ। त्यहाँका शिक्षिकाले थुप्रै छात्राहरू अझै पढाइका लागि उत्सुक भए पनि अवसर नपाएको तथा श्रोत र साधन नपुगेको बताउँछन्। तीनले आफू शिक्षित नारी भएका कारण सबै शिक्षित हुन चाहनेलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँछिन्।

अहिले खोलिएको गोप्य विद्यालयमा प्रत्येक दिन दुई या तीन घण्टा पढाइ हुने गरेको छ। त्यो समयमा गणित, जीव विज्ञान,रसायन शास्त्र र भौतिक शास्त्रको पढाइ हुन्छ।

त्यसो त मार्च महिनामा नै तालीवान छात्राले विद्यालय जाने निर्णयले धेरैलाई कम्ती खुसी दिलाएको थिएन। अगस्ट महिनादेखि विद्यालय जान बन्द भएका छात्रा त मार्च महिनामा विद्यालय खोल्ने निर्णय पनि खुसीले रोएका थिए। सुरुमा गरिएको निर्णय उल्ट्याउँदै प्राथमिक तहको मात्र विद्यालय सञ्चालन गर्ने अनुमति त्यो समयमा दिइएको थियो।

यसरी अनुमति पाएर विद्यालय जानेहरूले गत वर्ष इस्लामिक समूहले गराएको विस्फोटमा दिवङ्गत हुनेहरूको सम्झना गरेका थिए। त्यस विस्फोटमा ९० भन्दा बढी छात्राको ज्यान गएको थियो। मार्च महिनामा धेरै जसो छात्राले त विद्यालय पुगेपछि मात्र माध्यमिक तहका लागि महिला शिक्षा नियमित नगराइने सूचना पाएका थिए। यसले धेरै जनामा त रुवाबासी नै चलेको थियो। उत्साहित हुँदै बेन्चमा बस्न आटेको समयमा धेरैले फेरि विद्यालय बन्द हुने सूचना पाएका थिए।

तालीवानले सत्ता लिएपछि नै देखिएको लैङ्गिक भेदभावका कारण उनीहरू अन्तर्राष्ट्रिय निकायमा आलोचित भएका थिए। तालीवान सत्ताका छात्राका लागि थप भेदभावका नियम लगाइएका थिए। विद्यालय जाँदा पनि कालो हिजाब र सेतो स्काफ अनिवार्य गरिएको थियो। अन्य रङ्गको लुगा अफगान छात्राका लागि खुला छैन।

तालीवानले सत्ता लिएपछिको सबै भन्दा विवादास्पद कदम नै माध्यमिक तहमा छात्राका लागि विद्यालय बन्द गर्ने निर्णय हो। देश भित्रको अवस्थालाई हरेर राजधानी काबुलको छेउछाउमा रहेका छात्राका लागि विद्यालय खोल्नु पर्ने मत राख्न थालेका छन्। तर, देशका ग्रामीण भेगको अवस्था भने फरक छ।

तालीवानले सत्ता लिएपछिको सबै भन्दा विवादास्पद कदम नै माध्यमिक तहमा छात्राका लागि विद्यालय बन्द गर्ने निर्णय हो। देश भित्रको अवस्थालाई हरेर राजधानी काबुलको छेउछाउमा रहेका छात्राका लागि विद्यालय खोल्नु पर्ने मत राख्न थालेका छन्। तर, देशका ग्रामीण भेगको अवस्था भने फरक छ। हेमाद प्रान्तमा भेटिएका एक तालीवान कार्यकर्ताले त अझ आश्चर्यजनक तर्क राखेका थिए। ती तालीवान कार्यकर्ताले यदि कुनै तालीवान महिलाले पढ्न चाहेमा उनीहरूका दाजुभाइ विद्यालय गएर पढ्ने र सिकेर घरमा आएर पढ्नु पर्ने तर्क गरेका थिए।

यसअघि तालीवान सत्ताले शासन लिँदा यो भन्दा पनि कठोर थियो। सन् १९९० पछिको त्यो समयमा प्राथमिक तहको अध्ययनमा समेत प्रतिबन्ध लगाइएको थियो। यस पटक परिस्थिति फरक भएको छ।

त्यो भन्दा अहिलेको समय उदार त छ। तर, महिलामा शिक्षा माथिको यो बन्देज अन्तर्राष्ट्रिय निकायले त स्विकार्दैनन्। साथै छात्रालाई शिक्षा खुला नगरे काबुल सहर नै एउटा विद्रोहको नजिक पुगी सकेको छ।
स्रोतः बीबीसी , द कन्भरसेसन

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ५८ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान