उत्तर कोरियामा ७८ प्रतिशत ‘ज्वरो’ का बिरामी निको « Khabarhub

उत्तर कोरियामा ७८ प्रतिशत ‘ज्वरो’ का बिरामी निको


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- उत्तर कोरियामा ७८ प्रतिशत ‘ज्वरो’ का बिरामी निको भएका उत्तर कोरियाको सरकारले जनाएको छ ।

उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएअनुसार केही दिनदेखि ज्वरोको प्रकोप बढेको भएपनि अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन् ।

त्यहाँ अप्रिल महिनाको अन्त्यबाट ठूलो सङ्ख्यामा नागरिकहरूमा ‘ज्वरो’ को प्रकोप बढेको थियो । त्यस प्रकोपमा कम्तीमा पनि २६ लाख ४० हजार नागरिक परेका थिए । उनीहरूलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो ।

गत शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका बिरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ ।

सो समाचार संस्थाका अनुसार त्यहाँ ‘ज्वरो’ को प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो । सुरुमा ‘ज्वरो मात्र भनिएकामा पछि कतिपय नागरिकमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।

तर उत्तर कोरियाली सरकारले यसलाई कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १ : ५२ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक