बाख्रा चराउन गएकी किशोरी मृत फेला « Khabarhub

बाख्रा चराउन गएकी किशोरी मृत फेला


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । 

फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । 

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ४३ बजे

मेचीनगरका कक्षाकोठामा दुर्व्यसन रोकथाम गर्ने अभियान 

झापा– मेचीनगर नगरपालिकाले लागूऔषध दुर्व्यसन रोकथामका लागि माध्यमिक तहका कक्षाकोठामा

१६ युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन सरकारले थाल्यो नयाँ पहल  

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा

गाजामा भोकमरी र विस्थापनको संकट गहिरिँदै

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय निकायका अनुसार गाजामा रहेका

हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार

मुस्ताङ– हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको