हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै « Khabarhub

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी तथा न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेलकोको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो । उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याइए लगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्यांकन गरियो । 

परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्थास्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ५ : ०७ बजे

लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा सन्तोष पाण्डे 

काठमाडौँ – नेपाल सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको

एल निनोले विश्वभर खाद्य संकटको जोखिम बढायो

एजेन्सी – शक्तिशाली एल निनोका कारण भारत र नेपालमा भारी

पोखराले गुमायो पाचौँ विकेट, ८ बलमा ३ रन बनाएका शकिब आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

नानो फर्टिलाइजर र जैविक मल आवश्यक पदार्थको सूचीमा समावेश

काठमाडौं– सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र

सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे प्रधानमन्त्रीलाई जानकारी थिएन

काठमाडौं– सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको