युक्रेनी शहरमा रुसद्वारा नियुक्त वरिष्ठ प्रशासक विष्फोटमा परी घाइते « Khabarhub

युक्रेनी शहरमा रुसद्वारा नियुक्त वरिष्ठ प्रशासक विष्फोटमा परी घाइते


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको कब्जामा रहेका युक्रेनी शहरमा रुसी शासन लागू गर्ने जिम्मेवारी पाएका अधिकारी बम विष्फोटमा घाइते भएका छन् ।

पूर्वी युक्रेनको एनेर्होदार शहरको प्रशासन चलाउन रुसले नियुक्त गरेका ‘मेयर’ आन्द्रेई शेभचिक बम विष्फोटमा घाइते भएको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनका साथै उनका दुई अंगरक्षक पनि घाइते भएको अर्को रूसी समाचार संस्था तासले जनाएको छ । घाइते शेभचिकलाई सघन कक्षमा राखेर उपचार भइरहेको रियाले जनाएको छ ।

‘स्वघोषित जनप्रशासनका प्रमुख शेभचिक र उनका अंगरक्षकहरु विष्फोटनका क्रममा घाइते भएको हामीसँग सटीक जानकारी छ ।’ शहरको युक्रेनी मेयर दिमित्रो ओर्लोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन् ।

उनलाई हाल नजिकैको रुसी अधिनस्थ मेलिटोपोल शहरमा लगिएको र त्यहाँ उनको उपचार भइरहेको ओर्लोभले बताए । उनका अनुसार शेभचिकको स्थानमा अर्को मानिसलाई नियुक्त गरिएको छ ।

विष्फोटमा रुसले नियुक्त गरेका प्रशासक घाइते भएको बताइएपनि विष्फोटनको घटनाबारे विस्तृत जानकारी भने नआइसकेको रोटयर्सले जनाएको छ ।

रोयटर्सका अनुसार रुसले आक्रमण गर्नु अघि एनेर्होदार शहरको जनसङ्ख्या ५० हजार थियो र आक्रमणलगत्तै धेरै बासिन्दाहरूलाई नजिकैको जापोरिजिया शहर स्थानान्तरण गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : २२ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री