डा. कोइरालाद्वारा जेरिएटिक अस्पताल शिलान्यास « Khabarhub

डा. कोइरालाद्वारा जेरिएटिक अस्पताल शिलान्यास


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर–८ स्थित  विराटेश्वर वृद्धाश्रम सेवा समिति द्वारा विराटनगर– ६ रामपुरमा एक बिघा जग्गामा २५ करोडको लागतमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल निर्माण गर्न लागिएको छ ।

अस्पताल निर्माणबाट ज्येष्ठ नागरिकका लागि  सम्पूर्ण स्वास्थ्यसम्बन्धी उपचार एकै ठाउँमा उपलब्ध हुने भएको छ । अस्पताल निर्माणका लागि स्व. अधिकारीका श्रीमती, छोराहरू सरोज तथा सञ्जीव र बुहारी अञ्जनाले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

उक्त अस्पताल आज शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिले कामका आधारमा जनताको विश्वास जित्नुपर्ने बताए । पालिकाका प्रतिनिधिले सुशासन, पारदर्शी र जवाफदेही, भ्रष्टाचारमुक्त र जनउत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यको प्रमुख तथा अध्यक्षले  अनुगमन गरी ‘वाच डग’ को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्योपचारलगायत अन्य कार्यका लागि समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

आश्रम प्रमुख जगत अर्याल, नेका महानगर अध्यक्ष दीपक चापागाईं, नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, डा. नारायण कोइराला र रुक्मणी कोइरालाले अस्पताल स्थापनाबाट यस प्रदेशका ज्येष्ठ नागरिकले गुणस्तरीय उपचारको सुविधा पाउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : ३५ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई