कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना « Khabarhub

कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त बैंकको सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई देशभरकै उच्चस्तरीय अस्पतालका रुपमा रूपान्तरण गर्न प्रदेश सरकार लागिरहेको दाबी गरे । सामाजिक विकास मन्त्री यज्ञबहादुर बूढाक्षेत्रीले केन्द्र स्थापनासँगै अब रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । 

अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले कर्णालीका नागरिकसहित अन्य प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको र थप सेवा सुविधा दिन अस्पतालले रक्त सञ्चार केन्द्र स्थापना गरेको बताए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : ५५ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई