‘युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै छ’ – पोलिस राष्ट्रपति « Khabarhub

‘युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै छ’ – पोलिस राष्ट्रपति


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै भएको पोल्याण्डको राष्ट्रपतिले बताएका छन् । युक्रेन भ्रमणमा रहेका पोल्याण्डका राष्ट्रपति आन्द्रेइ डुडाले युक्रेनसँगमात्रै युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार रहेको जनाएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको संसद्‍मा सम्बोधन गर्दै राष्ट्रपति डुडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको माग स्वीकार गर्नुपर्ने ‘चिन्ताजनक आवाज’ उठिरहेको सन्दर्भमा युक्रेनसँग मात्रै आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको टिप्पणी गरेका हुन् ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता युक्रेनी संसद्‍मा सम्बोधन गर्ने डुडा प्रथम विदेशी नेता हुन् ।

‘युक्रेनले पुटिनका मागहरु मान्नुपर्ने चिन्ताजनक आवाजहरु देखा परिरहेका छन्’ डुडालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘आफ्नो भविष्य निर्धारण गर्ने अधिकार केबल युक्रेनीहरुसँग छ… तपाईँहरूबाहेक तपाईँहरुबारे निर्णय लिने अधिकार कसैसँग पनि छैन’

डुडाले यति भन्दै गर्दा युक्रेनी सांसदहरुले उठेर ताली बजाएको रोयटर्सले जनाएको छ ।

राष्ट्रपति डुडाले युक्रेनी भूभागबाट रुसी फौज पूर्ण रुपमा पछि हट्न अन्तर्राष्ट्रिय समुदायले रुससमक्ष माग गर्नुपर्ने समेत बताए ।

‘यदि आर्थिक वा राजनीतिक स्वार्थका लागि युक्रेनको एक सेन्टिमिटर पनि बली दिइयो भने यो युक्रेनी राष्ट्रका लागि मात्र नभइ पश्चिमा विश्वकै लागि धक्का हुनेछ ।’ उनले भने ।

युक्रेनमा आक्रमण सुरु भएयता रुसको परम्परागत प्रतिद्वन्द्वी पोल्याण्ड युक्रेनको निकटस्थ साझेदारको भूमिकामा देखिएको छ ।

पोल्याण्डले रुसविरुद्ध प्रतिबन्धहरू तथा युक्रेन युरोपेली युनियनमा आबद्ध हुनुपर्ने पक्षमा आवाज उठाउँदै आएको छ । ‘युक्रेन युरोपेली युनियनको सदस्य नबन्दासम्म म आराम गर्दिनँ’ डुडालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि