‘युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै छ’ – पोलिस राष्ट्रपति « Khabarhub

‘युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै छ’ – पोलिस राष्ट्रपति


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै भएको पोल्याण्डको राष्ट्रपतिले बताएका छन् । युक्रेन भ्रमणमा रहेका पोल्याण्डका राष्ट्रपति आन्द्रेइ डुडाले युक्रेनसँगमात्रै युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार रहेको जनाएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको संसद्‍मा सम्बोधन गर्दै राष्ट्रपति डुडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको माग स्वीकार गर्नुपर्ने ‘चिन्ताजनक आवाज’ उठिरहेको सन्दर्भमा युक्रेनसँग मात्रै आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको टिप्पणी गरेका हुन् ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता युक्रेनी संसद्‍मा सम्बोधन गर्ने डुडा प्रथम विदेशी नेता हुन् ।

‘युक्रेनले पुटिनका मागहरु मान्नुपर्ने चिन्ताजनक आवाजहरु देखा परिरहेका छन्’ डुडालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘आफ्नो भविष्य निर्धारण गर्ने अधिकार केबल युक्रेनीहरुसँग छ… तपाईँहरूबाहेक तपाईँहरुबारे निर्णय लिने अधिकार कसैसँग पनि छैन’

डुडाले यति भन्दै गर्दा युक्रेनी सांसदहरुले उठेर ताली बजाएको रोयटर्सले जनाएको छ ।

राष्ट्रपति डुडाले युक्रेनी भूभागबाट रुसी फौज पूर्ण रुपमा पछि हट्न अन्तर्राष्ट्रिय समुदायले रुससमक्ष माग गर्नुपर्ने समेत बताए ।

‘यदि आर्थिक वा राजनीतिक स्वार्थका लागि युक्रेनको एक सेन्टिमिटर पनि बली दिइयो भने यो युक्रेनी राष्ट्रका लागि मात्र नभइ पश्चिमा विश्वकै लागि धक्का हुनेछ ।’ उनले भने ।

युक्रेनमा आक्रमण सुरु भएयता रुसको परम्परागत प्रतिद्वन्द्वी पोल्याण्ड युक्रेनको निकटस्थ साझेदारको भूमिकामा देखिएको छ ।

पोल्याण्डले रुसविरुद्ध प्रतिबन्धहरू तथा युक्रेन युरोपेली युनियनमा आबद्ध हुनुपर्ने पक्षमा आवाज उठाउँदै आएको छ । ‘युक्रेन युरोपेली युनियनको सदस्य नबन्दासम्म म आराम गर्दिनँ’ डुडालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : २४ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई