नेप्से परिसूचक २२०० मा ओर्लियो « Khabarhub

नेप्से परिसूचक २२०० मा ओर्लियो


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा दुई हजार २०० को बिन्दुमा आइपुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.२१ अङ्कले ओरालो लागेर दुई हजार २०० मा ओर्लेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अङ्कले ओरालो लागेर ४२९.०५ अङ्कमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर रु एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १७.९६, व्यापार २१.८५, होटल तथा पर्यटन ७०.६९, विकास बैंक ७५.९२, जलविद्युत् ५३.०९, वित्त ३३.३२, निर्जीवन बीमा १६३.७९, उत्पादन ७२.४४, अन्य ४.०१, लघुवित्त ८४.७८, जीवन बीमा २८५.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.४७ अङ्कले ओरालो लागेको छ । 

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड १५ लाख नौ हजार २६५ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ८७ लाख २७ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ८५ लाख ७३ हजार ५८९, नागरिक लगानी कोष रु तीन करोड ६४ लाख २६ हजार ९४६ र हिमालयन डिस्टिलरी रु तीन करोड ५३ लाख ८३ हजार ७४३ बराबरको कारोबार भई शीर्ष पाँचमा रहे ।

नेप्सेका अनुसार गुराँस लघुवित्त ६.२०, प्रभु लाइफ इन्स्योरेन्स ५.२६, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०२, एनएमबी फिफ्टी ४.०१, युनाइटेड इदि मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाएका छन् । मिथिला लघुवित्त ५.८९, विन नेपाल लघुवित्त ५.८७, तेह्रथुम पावर कम्पनी ५.४३, प्रभु इन्स्योरेन्स ५.१४ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ५ : १६ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार