अफगानिस्तानमा महिला टेलिभिजन प्रस्तोताले अनुहार छोपेर समाचार पढ्न थाले « Khabarhub

अफगानिस्तानमा महिला टेलिभिजन प्रस्तोताले अनुहार छोपेर समाचार पढ्न थाले


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ ।

आइतबार तालिबानको ‘दुराचार निरुत्साहन तथा सदाचार प्रोत्साहन मन्त्रालय’ ले उक्त आदेश दिएसँगै धेरैजसो महिला समाचार प्रस्तोताहरुले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई नै ‘अन्तिम’ घोषणा गरेको थियो ।

तालिबानको आदेशसँगै अफगानिस्तानका टोलो टेलिभिजन, शमशद टेलिभिजन, आरियाना टेलिभिजनलगायतमा महिला प्रस्तोताले अनुहार छोपेर समाचार वाचन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अफगानिस्तानको टोलो न्युजकी समाचार प्रस्तोता सोनिया नियाजीले एएफपीलाई भनिन्, ‘हामीले प्रतिरोध गर्यौ र हामी मास्क लगाउने पक्षमा थिएनौँ ।’

अल जजीराका अनुसार पहिलो पटक अनुहार ढाकेर कार्यक्रम प्रस्तुत गर्दा आफूलाई ‘राम्रो महसुस नभएको’ नियाजीले बताइन् ।

‘यो आदेश सबै महिला प्रस्तुतकर्ताहरूको लागि अप्रत्याशित छ, किनभने इस्लामले हामीलाई हाम्रो अनुहार छोप्न आदेश दिएको छैन’ नियाजीले भनिन्, ‘हरेक इस्लामिक विद्वान र राजनीतिक व्यक्तित्वले यस आदेशको विरोध गरेका छन् ।’

तालिबानले पनि महिला प्रस्तुतकर्ताहरूले मेडिकल मास्क लगाउन सक्ने जनाएको छ ।

एक स्थानीय मिडिया अधिकारीले आफ्नो स्टेसनले गत साता तालिबानको आदेश प्राप्त गरेको पुष्टि गरे । आफूहरू तालिबानको यो निर्णय लागू गर्न बाध्य रहेको अफगानिस्तानका टेलिभिजन सञ्चालकहरुले जनाएका छन् ।

यता तालिबानले भने अफगान टेलिभिजनहरूले आफ्नो आदेशको कार्यान्वयन गरेकोमा सरहाना गरेको छ ।

‘यो जिम्मेवारी राम्रोसँग पालना गरेकोमा अफगान मिडिया च्यानलहरुसँग हामी खुशी छौँ ।’ ‘दुराचार निरुत्साहन तथा सदाचार प्रोत्साहन मन्त्रालय’ का प्रवक्ता मोहम्मद अकिफ सदिक मोहाजिरलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ५ : ५६ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला