‘उर्दू गजल बनाउनुको उद्देश्य पर्यटनमा टेवा पुर्‍याउनु हो’  « Khabarhub

‘उर्दू गजल बनाउनुको उद्देश्य पर्यटनमा टेवा पुर्‍याउनु हो’ 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चञ्चले नानी चुलबुले बानी गीत गाउँदै दर्शक तथा श्रोतामाझ स्थापित भएका सुमन शेखर मानन्धरले हालै उर्दू गजल सार्वजनिक गरेका छन् ।

No description available.

‘साम से हि दिल’ बोल रहेको गजल टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । विद्यार्थी जीवनमा पाकिस्तानमा कृषि पढ्न पुगेका सुमनले गीतलाई झन्डै तीन वर्षको समय लगाएर सार्वजनिक गरेका हुन् । सुमन शेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको जानकारी गराए ।

No description available.

अध्ययनका लागि पाकिस्तानको बसाइले आफूलाई उर्दू गीत गजल र शायरीमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए । उनले टी सिरिजकै लागि केही समय पर्खिनु समेत पर्‍यो । आखिर किन त्यति मेहनत गरे त ? सुमन भन्छन् ,’पर्यटनमा टेवा पुर्‍याउन’ । उनले मुगुको रारामा गीतको छायांकन गरेका छन् । ‘हाम्रो सुन्दरतालाई त्यहाँ सम्म पुर्‍याउन हिन्दी भाषा नै चाहिन्थ्यो र त्यही कै च्यानल । टी सिरिज ठुलो च्यानल मात्र नभई भारतीयसम्म पुग्ने कडी पनि हो । त्यसैले केही समय मेहनत गरेर रिलिज गरेका हौँ’ सुमनले भने । 

उनले भारतीय पर्यटकलाई नेपाल तर्फ आकर्षित गर्नकै लागि हिन्दी भाषामा समेत गीत तयार गरिएको बताए । ‘मैले टार्गेट गरेको दर्शकलाई यहाँसम्म ल्याउने माध्यम नै यही हो । हाम्रो सुन्दरतालाई हामीले नेपाल बाहिर पुर्‍याउन सकेका नै छैनौँ’ सुमन भन्छन् । उनले नेपालको सुन्दरतालाई बाहिर पुर्‍याउन सके पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

No description available.

गीत छायांकन गर्दा सहज थिएन । गीतको लागि राम्रो खर्चमा मात्र गरेका छैनन् सुमनले समय पनि दिएका छन् । जागिरे सुमनले गीत छायांकनको लागि हिमाली भेगमा सास्ती भोगेको बताए । ‘हिमाली भेगमा छायांकन गर्दा मौसमको समस्या भयो । यातायातको समस्या त हुने नै भयो । त्यो सब दुखलाई अहिले गीत हेर्दा भुलेँ’ सुमनले भने । उनले गीतमा रारासँगै चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भु लगायतका नेपाललाई चिनाउने दृश्य राखेका छन् । 

No description available.

उनको कुरामा सही थाप्दै भिडियो निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे । ‘टिसिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने ।

No description available.No description available.No description available.

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : १३ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित