पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो । 

नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरले संयुक्त रूपमा प्रदर्शन तथा सभा गरेका हुन् ।

जुलुस भक्तपुर नगरको पूर्वमा रहेको कमलविनायकबाट सुरु भएको थियो । कमलविनायकबाट जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुस कमलविनायकबाट च्याम्हासिंह, सूर्यमढी, दतात्रय, इनचो, गोल्मढी, सुकुलढोका हुँदै टौमढीमा पुगेको थियो । त्यहाँबाट पुनः गहिटी, राममन्दिर हुँदै सूर्यविनायकमा पुगेर सभामा परिणत भएको थियो । 

सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईं, नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका अध्यक्ष विमल सुवाललगायतले तत्काल मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका थिए 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ०३ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन