‘नेपाली कलालाई प्रमोट गर्न चाहन्छु’ « Khabarhub

‘नेपाली कलालाई प्रमोट गर्न चाहन्छु’


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साह (बालेन) को चर्चा नेपालभर छ ।

युवा पुस्तामार्फत आफ्नो लोकप्रियता बढाएका बालेनको चर्चा नगर्ने अहिले कमै छन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्राप्त गरिरहेको मतले उनलाई कुराकानीको टपिक सर्वत्र बनाएको छ । मेयरमा उम्मेदवारी दिनु अगाडि उनको परिचय कलाकारको रुपमा थियो।यिनै बालेनले कोरोना प्रभावित नेपाली फिल्म क्षेत्रलाई राहत दिन आफू मेयर भए महानगरले एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने बताएका छन् ।

चुनावको मतगणना चलिरहेको समयमा पनि नेपाली फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक कार्यक्रममा आइपुगेका बालेनलाई चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालीले फिल्मका निर्माताले तिर्ने ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न आग्रह गरेका थिए ।  बालेनले बोर्डको मागप्रति गम्भीर रहेको समेत बताए ।

‘घोषणापत्रमै फिल्मसहित कला संस्कृतिलाई सम्वर्द्धन गर्नुपर्छ भन्ने उल्लेख छ । हामी त्यसलाई कार्यन्वयनमा लैजान्छौँ’ उनले भने । नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन र विदेशमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन आफ्नो सहयोग रहने समेत उनले बताए । ‘हामीले हाम्रो फिल्मलाई किन हिन्दी र अंग्रेजीमा स्वरांकन नगर्ने? कला उही हो केवल भाषा फरक हो । हाम्रो कलालाई नेटफ्लिक्स, अमेजन प्राइमसम्म लैजान म मेयर बने भने अवश्य पहल गर्नेछु’ बालेनले भने । उनले नेपाली फिल्म मात्र नभई कला नै समग्र रुपमा अन्तर्राष्ट्रियस्तरमा लैजान पहल गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : २१ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला