कश्मीर विश्वविद्यायलमा पहिलोपटक महिला उपकुलपति नियुक्त « Khabarhub

कश्मीर विश्वविद्यायलमा पहिलोपटक महिला उपकुलपति नियुक्त


९ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरमा रहेको विश्वपिद्यालयमा पहिलो पटक महिला उपकुलपति नियुक्त गरिएको छ । जम्मु कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले कश्मीर विश्वविद्यायलमा प्राध्यापक निलोफर खानलाई नयाँ उपकुलपति नियुक्त गरेका हुन् ।

यससँगै उक्त विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाउने निलोफर पहिलो महिला रहेको कश्मीरबारे समाचार सम्प्रेषण गर्ने ब्राइटर कश्मीर नामक अनलाइन समाचार पोर्टलले जनाएको छ ।

जम्मु कश्मीर विश्वविद्यालय ऐन १९६९ अनुसार निलोफरलाई उपकुलपति नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उनी विश्वविद्यालयमा गृहविज्ञान विभागकी प्राध्यापक रहेको जनाइएको छ ।

उनको कार्यकाल तीन वर्षको हुने ब्राइटर कश्मीरले जनाएको छ । यसअघि प्राध्यापक तलात अहमद विश्वविद्यालयको उपकुलपति थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : ५८ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय