४२२ किलो लागूऔषध गाँजा, मिनि ट्रक र ३३ बोतल वनरेक्ससहित १ जना नियन्त्रणमा « Khabarhub

४२२ किलो लागूऔषध गाँजा, मिनि ट्रक र ३३ बोतल वनरेक्ससहित १ जना नियन्त्रणमा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- मकवानपुर प्रहरीले ४ सय २२ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा थाहा नगरपालिका वडा नम्बर ३, बायोखोला स्थित डाँडाबास–पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रोकी राखेको ट्रकलाई चेक जाँच गर्दा गाँजा फेला पारिएको मकवानपुर प्रहरीले जनाएको छ ।

ना६ख ३२४३ नम्बरको मिनी ट्रकको पछाडितर्फ सामान लोड गर्ने भागमा १४ वटा बोराभित्र टेपले बेरी प्लास्टिकको डोरीले बाँधिएको २८ प्याकेटमा ४ सय २२ किलो गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी मकवानपुर प्रहरीले ३३ बोतल लागूऔषध वनरेक्स सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १ स्वर्गलोकपथबाट कोठामा लुकाएर राखेको ३३ बोतल वनरेक्स सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हेटौंडा १ स्वर्गलोक स्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लो रहेका छन् । वनरेक्स सहित लोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : २२ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको