इट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँचजना पक्राउ « Khabarhub

इट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँचजना पक्राउ


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् ।

तुलसीपुरको एक होटेलमा दुई वटा इँट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकाका २६ वर्षिय राजकुमार बुढा, सोहि स्थानका २४ वर्षिय प्रकास खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षिय सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका-१ का ३० वर्षिय गिता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षिय सुरेन्द्र सिंह धामी रहेका छन् ।

पक्राउ परेकाको साथबाट दुई थान इट्टाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्रि गर्न खोजेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : ०५ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला