भरतपुरको मेयरमा रेनु दाहालको जित सुनिश्चित « Khabarhub

भरतपुरको मेयरमा रेनु दाहालको जित सुनिश्चित


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ ।

जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको जित सुनिश्चित भएको हो । निर्वाचन कार्यालयका अनुसार हालसम्म मेयरमा रेनु दाहालको ४७ हजार ४० मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ५८३ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार २६३ मत छ ।

दाहाल र दोस्रो स्थानमा रहेका सुवेदीबीचको मतान्तर ११ हजार ४५७ छ । जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो । त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले जित सुनिश्चित गरेका छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर कायम भएको छ ।

भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुरमा अब दुई वडाको मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : ४६ बजे

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित