इरानमा निर्माणाधीन भवन भत्किँदा चार जनाको मृत्यु « Khabarhub

इरानमा निर्माणाधीन भवन भत्किँदा चार जनाको मृत्यु


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपश्चिम इरानमा एउटा निर्माणाधीन भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । इरानको खुजेस्तान प्रान्तको राजधानीमा भएको घटनामा अरु करिब ८० जना भग्नावशेषमा फसेका छन् ।

खुजेस्तान प्रान्तको राजधानी अबदानमा अवस्थित १० तले मेट्रोपोल भवनको केही भाग भत्किँदा उक्त दुर्घटना भएको सरकारी टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले जनाएअनुसार कम्तीमा चार जनाको ज्यान गएको छ र अरु २१ जना घाइते भएका छन् ।
रेड क्रिसेन्टको क्षेत्रीय शाखाका अनुसार भग्नावशेषमुनि कम्तीमा ८० जना मानिस फसेका छन् ।

उक्त भवन अबदानको व्यस्त सडकमा अवस्थित छ जहाँ व्यावसायिक, चिकित्सा र अन्य कार्यालय भवनहरू सञ्चालित छन् । भवन भत्कनुको कारण बारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १० : २९ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको