इरानमा निर्माणाधीन भवन भत्किँदा चार जनाको मृत्यु « Khabarhub

इरानमा निर्माणाधीन भवन भत्किँदा चार जनाको मृत्यु


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपश्चिम इरानमा एउटा निर्माणाधीन भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । इरानको खुजेस्तान प्रान्तको राजधानीमा भएको घटनामा अरु करिब ८० जना भग्नावशेषमा फसेका छन् ।

खुजेस्तान प्रान्तको राजधानी अबदानमा अवस्थित १० तले मेट्रोपोल भवनको केही भाग भत्किँदा उक्त दुर्घटना भएको सरकारी टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले जनाएअनुसार कम्तीमा चार जनाको ज्यान गएको छ र अरु २१ जना घाइते भएका छन् ।
रेड क्रिसेन्टको क्षेत्रीय शाखाका अनुसार भग्नावशेषमुनि कम्तीमा ८० जना मानिस फसेका छन् ।

उक्त भवन अबदानको व्यस्त सडकमा अवस्थित छ जहाँ व्यावसायिक, चिकित्सा र अन्य कार्यालय भवनहरू सञ्चालित छन् । भवन भत्कनुको कारण बारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १० : २९ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक