काठमाडौँ महानगरपालिका ९ र १० को वडाध्यक्षमा काँग्रेस विजयी « Khabarhub

काठमाडौँ महानगरपालिका ९ र १० को वडाध्यक्षमा काँग्रेस विजयी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका छन् ।

अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्थी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन्। त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन् । महिला सदस्यमा कांग्रेसको तर्फबाट सिर्जना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय भएकी छिन् ।

वडा १० मा कांग्रेसका केसी निर्वाचित

त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय भएका छन् । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पारेका हुन् ।

अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कार्कीले २९५३ मत प्राप्त गरेका छन् । सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित भएका छन् । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय भएकी छिन् । दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित भइन् ।

यसैबीच कामपाको प्रमुखको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४६ हजार ५३४ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली कांग्रसका उम्मेदवार सिर्जना हिंहले २७ हजार ८५८ मत ल्याएकी छिन् ।

त्यसैगरी एमालेका केशव स्थापितले २६ हजार ७७३ मत ल्याएका छन् । उपप्रमुखमा एमालेको उम्मेदवार सुनिता डङ्गालले ४८ हजार ५१७ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार ६६० मत पाउनुभएको छ ।

बाइस वटा वडाको मतपरिणाम सार्वजनिक

महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १८, २०, २१ र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११, १२, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

त्यसैगरी हालसम्मा एक लाख ३४ हजार ३५६ मतगणना सम्पन्न भएको छ भने जसमा चार हजार ९६४ मत बदर भएको आयोगले जानकारी दिएको छ । कामपामा तीन लाख २२४ मतदाता रहेकामा करिब एक लाख ९२ हजार मत खसेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : १७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको