अलिबाबाकी कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नेलाई १८ महिना जेल « Khabarhub

अलिबाबाकी कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नेलाई १८ महिना जेल


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – यौन दुर्व्यवहारको अभियोगमा चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय सुनाइएको छ । ती ग्राहकले कम्पनीका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।

पूर्वी सहर जिनानको अदालतले उक्त सजाय सुनाएको हो । महिलालाई आक्रमण गर्नुअघि रक्सी पिउन बाध्य पारेको फैसलामा उल्लेख छ ।

ती महिलाले आफ्नो आरोप सार्वजनिक गरेपछि अलिबाबाले उनलाई बर्खास्त गरेको थियो । उनीमाथि भएको यौन दुर्व्यवहारको घटना चिनियाँ सञ्चार माध्यममा छाएको थियो । उनीमाथिको दुर्व्यवहार चिनियाँ महिलाहरूले कार्यस्थलमा भोग्नुपरेको उत्पीडनलाई उजागर गरेको छ । फैसलाको ग्राहकले अपिल गर्ने बताएका छन् । चीनमा धेरैजसो यौन दुर्व्यवहारका मुद्दाहरू अदालतमा पुग्दैनन् ।

अलिबाबाका कर्मचारीले गत अगस्टमा कम्पनीले कारबाही गर्न असफल भएको सार्वजनिक रुपमा गुनासो गरेकी थिइन् । उनले सोही यात्रामा एकजना वरिष्ठ सहकर्मीलाई पनि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई बर्खास्त गरियो, तर पछि उनीविरुद्धको फौजदारी मुद्दा खारेज गरिएको थियो ।

डिसेम्बरमा यो महिलालाई अलिबाबाले बर्खास्त गरेको थियो । उनले झूटा कुराहरू फैलाए कम्पनीको प्रतिष्ठालाई हानि पुर्‍याएको उनको बर्खास्ती पत्रमा उल्लेख थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ८ : ०२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु