धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आइपुग्ने « Khabarhub

धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आइपुग्ने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ ।

जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो ।

भारत सरकारको महत्वकांक्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिईएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ ।

भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्नेछ भने जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा उनीहरुलाई सहभागी गराईनेछ ।

मंगलवार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेसनवाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरुको भ्रमण गरेर शुक्रवार अपरान्ह नेपाल प्रवेश गर्न लागेको हो ।

समय तालिकाअनुसार अपरान्ह १२ बजे जयनगर आईपुग्ने सो रेलले त्यसपछि नेपालको यात्रा तय गर्नेछ । शनिवार पुनः नेपाल भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्नेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : ०१ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध