भुटानी शरणार्थी अपांग संघलाई मोन सुवेदीको सहयोग « Khabarhub

भुटानी शरणार्थी अपांग संघलाई मोन सुवेदीको सहयोग


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

झापा– भुटानी शरणार्थी अपांग संघलाई अमेरिकामा बस्ने मोन सुवेदीले त्रैमासिक रूपमा सहयोग गर्ने भएका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगी-१ बाट पुनर्वास भएका सुवेदीले संघलाई त्रैमासिक रूपमा एक हजार अमेरिकी डलर (नेपाल एक लाख २० हजार बढी)  सहयोग गर्ने भएका हुन् ।

अमेरिकमा सिजल एन्ड सिस्टर्स एलएलसी प्रालिमार्फत सुवेदी परिवारले अपांगता भएका भुटानी शरणार्थीको हितका लागि उक्त रकम सहयोग गर्न सुरु गरेका छन् । प्रालिका सञ्चालक मन सुवेदी हुन् । उनी मेककी श्रीमती हुन् । उनले सहयोग गर्न थालेको ६ महिना पुगेको छ । उनले दुईपटक रकम पठाइसकेको भुटानी शरणार्थी अपांग संघकी अध्यक्ष देवीमाया गुरुङले जानकारी दिइन् । सुवेदीले पठाएको रकमले संघको कार्यालयमा रहेका दुई कर्मचारीको सेवासुविधा र कार्यालय सञ्चालन खर्च गरिरहेको उनले बताइन् । दातृ निकायले छाडेपछि अप्ठेरोमा परेको संघलाई उनको सहयोगले ठूलो योगदान गरेको उनले बताइन् ।

संघले हालसम्म अपांगता भएका भुटानी शरणार्थीको जीवन निर्वाहका लागि काम गरिरहेको छ । ‘हामीले अपांगता भएका भुटानी शरणार्थी र तीनको परिवारको जीविकोपार्जनमा काम गरिरहेका छौँ । हामीले मुडा, गुडिया, टेलरिङ र हाते सामान उत्पादनको काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘यसको व्यवस्थापनका लागि कर्मचारी आवश्यक पर्छ । कर्मचारी पाल्न हामीसँग स्रोत थिएन । मेक सुवेदीले पठाएको सहयोगले ठूलो राहत मिलेको छ ।’शिविरमा हाल ४२१ जना अपांगता भएका शरणार्थी छन् ।

उनीहरू शिविर बाहिर गएर काम पनि गर्न सक्दैनन् । दातृनिकायले छाडेपछि अपांगता भएका भुटानी शरणार्थीको बिजोग छ । शिविरमै रोजगारी दिने उद्देश्यले संघले रोजगारमूलक कार्यक्रम चलाउँदैछ । सुवेदीले यसअघि पनि शरणार्थीका लागि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १२ : ५९ बजे

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु