भुटानी शरणार्थी अपांग संघलाई मोन सुवेदीको सहयोग « Khabarhub

भुटानी शरणार्थी अपांग संघलाई मोन सुवेदीको सहयोग


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

झापा– भुटानी शरणार्थी अपांग संघलाई अमेरिकामा बस्ने मोन सुवेदीले त्रैमासिक रूपमा सहयोग गर्ने भएका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगी-१ बाट पुनर्वास भएका सुवेदीले संघलाई त्रैमासिक रूपमा एक हजार अमेरिकी डलर (नेपाल एक लाख २० हजार बढी)  सहयोग गर्ने भएका हुन् ।

अमेरिकमा सिजल एन्ड सिस्टर्स एलएलसी प्रालिमार्फत सुवेदी परिवारले अपांगता भएका भुटानी शरणार्थीको हितका लागि उक्त रकम सहयोग गर्न सुरु गरेका छन् । प्रालिका सञ्चालक मन सुवेदी हुन् । उनी मेककी श्रीमती हुन् । उनले सहयोग गर्न थालेको ६ महिना पुगेको छ । उनले दुईपटक रकम पठाइसकेको भुटानी शरणार्थी अपांग संघकी अध्यक्ष देवीमाया गुरुङले जानकारी दिइन् । सुवेदीले पठाएको रकमले संघको कार्यालयमा रहेका दुई कर्मचारीको सेवासुविधा र कार्यालय सञ्चालन खर्च गरिरहेको उनले बताइन् । दातृ निकायले छाडेपछि अप्ठेरोमा परेको संघलाई उनको सहयोगले ठूलो योगदान गरेको उनले बताइन् ।

संघले हालसम्म अपांगता भएका भुटानी शरणार्थीको जीवन निर्वाहका लागि काम गरिरहेको छ । ‘हामीले अपांगता भएका भुटानी शरणार्थी र तीनको परिवारको जीविकोपार्जनमा काम गरिरहेका छौँ । हामीले मुडा, गुडिया, टेलरिङ र हाते सामान उत्पादनको काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘यसको व्यवस्थापनका लागि कर्मचारी आवश्यक पर्छ । कर्मचारी पाल्न हामीसँग स्रोत थिएन । मेक सुवेदीले पठाएको सहयोगले ठूलो राहत मिलेको छ ।’शिविरमा हाल ४२१ जना अपांगता भएका शरणार्थी छन् ।

उनीहरू शिविर बाहिर गएर काम पनि गर्न सक्दैनन् । दातृनिकायले छाडेपछि अपांगता भएका भुटानी शरणार्थीको बिजोग छ । शिविरमै रोजगारी दिने उद्देश्यले संघले रोजगारमूलक कार्यक्रम चलाउँदैछ । सुवेदीले यसअघि पनि शरणार्थीका लागि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १२ : ५९ बजे

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई