गण्डकी गाउँपालिकाका सबै वडाले आधा बजेट एउटै योजनामा खर्चिने « Khabarhub

गण्डकी गाउँपालिकाका सबै वडाले आधा बजेट एउटै योजनामा खर्चिने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको गण्डकी गाउँपालिकाले सबै वडामा विनियोजन हुने रकमको कम्तीमा ५० प्रतिशत बजेट एउटै योजनामा हाल्ने नीति ल्याउने भएको छ ।

‘एक वडा, एक गौरव योजना’ भन्ने नाराका साथ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट बाँडफाँट गर्दा सबै वडामा विनियोजित बजेटको कम्तीमा ५० प्रतिशत रकम एउटै योजनामा हाल्ने नीति ल्याउन लागेको हो ।

‘यस विषयमा गाउँ कार्यपालिकामा छलफल गरेर सहमति जुटिसकेको छ । भोलि नै हामी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदै छौँ’, गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले भने ।

विगत हप्ता दिनदेखि गाउँपालिकाका नवनिर्वाचित टिम नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजना तर्जुमाका लागि छलफल गरिरहेका छन् । यस गाउँपालिकामा ८ वटा वडा छन् । गाउँपालिकाले आगामी आवका लागि प्रत्येक वडाका लागि एक करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ । जसमध्ये कम्तीमा ५० लाख एउटै योजनामा हाल्ने नीति यस पालिकाको छ ।

गौरवका योजनामा अहिले तत्काल सडक र खानेपानी जस्ता पूर्वाधारको कामलाई प्राथमिकता दिने उनी बताउँछन् । ‘विगतमा टुक्रे बजेट हाल्ने, नयाँ र कच्ची सडक खन्ने, तर बर्खा लागेपछि हिँड्न पनि नसकिने खालको सडक हुने । तर, अब हामीले सडक पूर्वाधार र स्वच्छ खानेपानीलाई प्राथमिकतामा राखेर टुक्रे बजेटलाई निरुत्साहित गर्दै दीर्घकालीन योजनाहरू अघि बढाएर कम्तीमा पाँच वर्षमा देखिने र जनताले महसुस गर्न सक्ने गरी काम गर्नेछौँ’, अध्यक्ष तिमिल्सिनाले भने ।

अन्य नीति तथा कार्यक्रम पालिका भरका जनताको चाहाना र मनोभावना र आवश्यकताका आधारमा ल्याइने उनले बताए । ‘सबै वडाको समग्रमा विकास भए मात्रै पालिकाको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुवाती वर्ष भएकाले दीर्घकालीन रणनीतिक योजनाको खाका बनाउन लागेका छौँ’, उनले भने ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : १३ बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण